Skip to main content

लघु कथा : गरिव घरका आमा र छोरा

गरिव घरका आमा र छोरा
आमा र छोरा थिए। खेतीबारी राम्रो र प्रशस्त भए पनि धनी र गरिब मिलेर बनेको गाउँमा उनीहरू गरिवको वर्गमा पर्दथे। दुख मिलेर सामना गरेका थिए, सुख बनाउने तयारीमा थिए। आमाले यसरी सुखी भइन्छ भन्थे छोराले यसरी हुन्न भन्थे। दुबै मिल्न नसक्दा बेला बेलामा छिमेकीले थर्काउँथे। जुग अनुसारको नागरिकता थिएन, नागरिकता बनाउन खोजे अरू नातागोताले हामी बनाइदिन्छम भनेर झुलाए ४ बर्ष पर्खदा पनि नबने पछि आमा नै तातिन, सम्झाउनेलाई सम्झाइन्, थर्काउन पर्नेलाई थर्काइन र नागरिकता बनाइन्। गएको बर्ष दैवीप्रकोप आएर थला पर्दा समेत मलाई नसोधी नागरिकता बनाएको भनेर धारा बनाउन सघाएको छिमेकीले बनबाट दाउरा ल्याउन दिएन। तिनको परिवार महिनौं भोकै सुते। दुख सहे दर्द सहे। छोरा आमा झगडा भयो, आमाले सकिनन् अब म राम्ररी घर चलाउँछु भने छोराले, नातागोता छोरातिर लागेको देखिन्, आमा पछि हटिन, छोराले पालो पाए। 
हिउँदमा केटाकेटीले न्यानो कपडा पाएनन्, छोराले छिमेकीलाई गाली गरे, बिरामी हुँदा उपचार पाएनन्, तर नागरिकता बनाउँदा दुख दिने छिमेकीलाई सरापेर टारे। वर्षा लाग्यो, खेती लाउने बेला भयो। बाउबाजेको ऋण तिरिदएर उम्केको चाड आएको थियो। चाडबाडको बेला नराम्रो बोल्न आमालाई मिलेन। छोराले नातागोतालाई मन खोलेर दक्षिणा धेरै दिए, भाईबैनीलाई कपडा पनि मनग्गै किन्दिने भए, खेतमा काम गर्नेको ज्याला बढाइदिए। आमाले भनिन् छोरा कोदालो किन, हसियाँ किन, नाम्लो किन, बाख्रा किन, भैंसी किन कमाइन्छ। फुर्मास् नगर, दक्षिणामा धेरै सम्पत्ति नसक। हाम्रा दुखका दिन गाछैनन्। छोरा मान्दैनन् र भन्छन्- दक्षिणा धेरै दिए पो म तिनकहाँ जाँदा मलाई मिठो खान देलान्। मलाई तपाईलाई झैँ लोभी, कञ्जुस् भनेको सुन्ने मन छैन। आमा बुझाउन खोज्छिन्- दुखले जम्मा गरेको सम्पत्ति हो यसरी फुर्मास् नगर। छोरा भन्छन्- धेरै नकराउ बुढी एक दुई बर्ष मोजले घर चलाउन देउ, राम्ररी चलाउन सकेनछु, घाटा लागेछ भने दुखै गरेर पैसो कमाउन परेछ भने तिमी छदैंछौ नि।

Comments

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...

बीपी कोइराला बुझौं ।

बीपी कोइराला सम्बन्धि लेखहरूको संगालो! - दामोदर पंगेनी नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला साहित्य र राजनीतिक क्षेत्रका शीर्ष ब्यक्तित्व हुन्। साहित्यमा यौनमनोविज्ञानका प्रयोगकर्ता र राजनीतिमा प्रजातान्त्रिक समाजवादका ब्याख्याता कोइरालाको बारेमा अध्ययन गर्नु रोचक विषय हुन्छ। पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गरेका र ब्यस्त राजनीतिक जीवनका बीचमा अनेकौं साहित्य कृतिको रचना गरेका कोइरालाका विषयमा अध्ययन गर्न सजिलो होस् भनी पत्रपत्रिकामा प्रकाशित फूटकर लेखहरू संकलन गरि पेश गरेको छु। यी लेखहरू मेरा रचना, लेख नभएर अन्य लेखकले लेखेका हुनाले यसलाई संकलन मात्र भनिएको हो। लेखका लेखकहरू धन्यवादका पात्र हुनुहुन्छ ।  १. "विश्वेश्वरप्रसाद कोइराला - विकिपिडिया" https://ne.m.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A5%87%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A4%BE%E0%A4%A6_%E0%A4%95%E0%A5%8B%E0%A4%87%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%BE २. "इतिहास बोकेको बीपी कोइरालाको डायरी" http...