Skip to main content

नेपालको सहकारी आन्दोलन

                                                                                                                                  — दामोदर पंगेनी
पूर्विय सभ्यतामा सहयोग र सहकार्यको परम्परा आदिमकाल देखि नै चलिरहेको छ। छिमेकीलाई 'जिउँदाको जन्ती मर्दाको मलामी’ मान्दै आपसी सहकार्यलाई अँगाल्दै हुर्किएको समाजका लागि सहकारी निकै सरल र सहज विषय हो। खेतिपातीमा अर्मपर्म मार्फत सहकार्य, चाडपर्वमा देऊसी भैलो, गुठी तथा रोधीमार्फत सहकार्य, अन्नमा धर्मभकारी मार्फत सहकार्य, रुपैंया पैसाका लागि ढिकुर मार्फत सहकार्य नेपालमा स्वभाविक मानिन्छ। गाउँघरमा चलेका यस्ता सहकार्यका प्रचलनमा आधारित अनौपचारिक सहकारी नेपालमा निकै प्राचिनकाल देखि नै प्रचलित रहेता पनि सरकारी कार्यालयमा कानून अनुसार दर्ता भई चलेका औपचारिक सहकारी स्थापनाको युगमा नेपाल निकै ढिलो मात्र प्रवेश गरेको थियो।
संसारले सहकारी आन्दोलनमा गरेको प्रगति देखेर तत्कालिन सरकारले वि.सं. २०१० सालमा कृषि मन्त्रालय मातहतमा सहकारी विभाग स्थापना गरेको अवस्थामा चितवन जिल्लामा नदीमा बाढी आएपछि बाढी प्रभावित जनतालाई सहयोग गर्न बखानसिंह गुरुङको नेतृत्वमा स्थापित बखान ऋण समिति संगै खुलेका ५ सहकारीलाई दर्ता गरेपछि नेपालमा औपचारिक सहकारीको शुरु भएको मानिन्छ। भर्खर बामे सर्न थालेको नेपाली सहकारी आन्दोलनले लगत्तै वि.सं. २०१७ सालमा तत्कालिन राजा महेन्द्रको शाही प्रतिगमन मार्फत पञ्चायती ब्यवस्थामा देश प्रवेश गरेपछि सहकारीहरु सरकारी नियन्त्रणमा रहनु परेको समय नेपाली सहकारी इतिहासको दुखद कालखण्ड मान्न सकिन्छ।
नेपाली जनताले पञ्चायती ब्यवस्थाको अन्त्य र बहुदलीय ब्यवस्था स्थापनाका लागि लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा नेपाली कांग्रेस र संयुक्त बाममोर्चाको सहकार्य मार्फत जनआन्दोलन गरेपछि प्राप्त उदार बहुदलीय ब्यवस्थाले नेपाललाई आर्थिक उदारीकरणको क्षेत्रमा प्रवेश गराउँदा देशको आर्थिक क्षेत्रमा गतिशीलता आउनुका साथै सहकारी क्षेत्रले पनि गति लिन थालेको देखिन्छ। २०४७ साल कार्तिक २३ मा जारी संविधान बमोजिम निर्वाचित सरकारले वि.सं. २०४८ सालमा सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ जारी गरे पछि संसारभर चलेको सहकारी आन्दोलनका सिद्धान्त र मूल्य तथा मान्यता अनुरुपका सहकारी स्थापना गर्न नेपालमा कानूनी मार्ग प्रशस्त भएको थियो।
सरकारी कर्मचारीको प्रत्यक्ष नियन्त्रणमा पञ्चायती ब्यवस्थालाई प्रोत्साहन गरी चल्न बाध्य भएका सहकारीहरु, सहकारी ऐन २०४८ जारी भए पछि संसारभर चलेको सहकारी सिद्धान्तका आधारमा चल्ल सक्ने अवस्थामा पुगे। सरकारी अधिकारीको आदेश र सरकारी निर्देशनमा चल्न बाध्य सहकारीहरुले सहकारी संचालन गर्ने आधारका रुपमा अन्तर्राष्ट्रिय  सहकारी महासंघद्वारा प्रतिपादित सिद्धान्त प्रयोग गर्न  अनुमति प्राप्त गर्न  सफल भए। 
क) स्वैच्छिक तथा खुला सदस्यता 
ख) सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण 
ग) सदस्यहरुको आर्थिक सहभागिता 
घ) स्वायत्तता तथा स्वतन्त्रता 
ङ) सहकारी शिक्षा, तालिम र सूचना 
च) सहकारी सहकारीबीच सहकार्य  र 
छ) समूदाय प्रति चासो 
७ वटा सिद्धान्तमा सुत्रवद्ध सिद्धान्तलाई अवलम्बन गरी सहकारी आन्दोलनलाई अगाडि बढाउन पाउन सकेका कारण देशका सहरी तथा सिमित क्षेत्रमा मात्र रहेका सहकारीहरु क्रमशः देशै भरी स्थापित हुने र संचालित हुन सक्ने अवस्था सिर्जना भयो। फलस्वरुप वि.सं. २०४८ सालमा सहकारी ऐन २०४८ जारी हुनु अघि ३५ वर्षको सहकारी इतिहासमा
८३० वटा मात्र सहकारी स्थापना हुन सकेकोमा सो ऐन जारी भएको २२ वर्ष  पछि वि.सं. २०७० साल असार मसान्तमा आईपुग्दा देशभर सहकारीको संख्या २९ हजार ५सय २६ भईसकेको छ। सहकारीले वि.सं.२०७० साल सम्म आईपुग्दा देशको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत र देशको वित्तीय क्षेत्रमा १५ प्रतिशत योगदान दिने अवस्थामा आईसकेको छ।

Comments

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...