दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी
– दामोदर पंगेनी
नेपालमा हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस भब्यतापूर्वक मनाइन्छ। यसै क्रममा २०७३ चैत्र २० गते मनाउन लागिएको ६० औं राष्ट्रिय सहकारी दिवसको नारा दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी रहेको छ। देशैभरी भब्यताका साथ मनाइदैं रहको सहकारी दिवसले दीगो विकास लक्ष्य तर्फ नेपालीहरुको ध्यान आकर्षित गरेको छ।
विकास र सहकार्यको वहस
सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको ज्वालाबीचबाट विश्व शान्ति निर्माणको उद्देश्य सहित निर्माण गरिएको विश्व संगठन संयुक्त राष्ट्र संघले पृथ्वीको सुरक्षा, कमजोर, सिमान्तीकृत र विपन्न वर्गको हित र सबै मानवहरुको आत्मसम्मानपूर्ण जीवन प्रवद्र्धनका लागि निरन्तर भूमिका खेल्दै आएको छ। मानव लगायत सम्पूर्ण जीव र वनस्पतिको आधार पृथ्वीको मौलिकता रक्षा, सम्पूर्ण नागरिकहरुको आत्मसम्पूर्ण जीवन प्रवद्र्धन र वञ्चितीकरणमा परेका वर्ग, समुदाय र क्षेत्रका मानिसहरुको उत्थानशीलताका लागि संयुक्त राष्ट्र संघले विभिन्न देशहरु तथा संगठनहरु संग सहकार्य गरिरहेको छ। पृथ्वीको वहन क्षमताको रक्षा र शासनमा सबै वर्ग, क्षेत्र, समुदायको सहभागी हुन पाउने अधिकारको सुरक्षा र सबै मावनहरुको आत्मसम्मानपूर्ण जीवनको प्रवद्र्धन गर्न सबै देश, संस्था र क्षेत्रको सहकार्य आवश्यकता महसुस गरी ती पक्षहरुको सहभागिता र सहकार्यमा संयुक्त राष्ट्र संघले सन् २०००मा आयोजना गरको सहश्राब्दी शिखर सम्मेलनबाट जारी गरेको सहश्राब्दी घोषणापत्र मार्फत सन् २०१५ सम्म हासिल गर्न निम्न अनुसार आठ वटा सहश्राब्दी विकास लक्ष्यहरु निर्धारण गरेको थियो।
सहश्राब्दी विकास लक्ष्यहरु
लक्ष्य १ः गरिवी तथा भोकमरी अन्त्य गर्ने
लक्ष्य २ः सबैका लागि प्राथमिक शिक्षा
लक्ष्य ३ः लैङ्गीक समानता
लक्ष्य ४ः बाल मृत्युदर घटाउने
लक्ष्य ५ः मातृ स्वास्थ्यमा सुधार गर्ने
लक्ष्य ६ः एचआइभी र एड्स, मलेरिया र अन्य रोगहरुबाट बचाउने
लक्ष्य ७ः पर्यावरणीय दीगोपना सुनिश्चित गर्ने
लक्ष्य ८ः विकासका लागि अन्तराष्ट्रिय साझेदारीको विकास गर्ने
सन् २००० मा निर्धारण गरिएको सहश्राब्दी विकास लक्ष्यका सूचकहरुको प्रगतिको समीक्षा गर्ने क्रममा देशहरु र संगठनहरुले सहकार्य गर्दा विकासको प्रतिफल धेरै मानवहरुमा पु¥याउन सकिने महसुस गरी प्राप्त प्रतिफलहरुको संरक्षण गर्दै, प्रगतिहरुको निरन्तरताका लागि संयुक्त राष्ट्र संघको नेतृत्वमा ६० वटा भन्दा धेरै अन्तराष्ट्रिय संस्थाहरु, नागरिक समाजको सहभागितामा ८८ वटा देशहरुमा भएका विविध छलफलका निष्कर्ष सहित २५ देखि २७ सेप्टेम्बर २०१५ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न दीगो विकास शिखर सम्मेलनबाट पारित गरि तयार गरिएको १९३ लक्ष्य र १६९ सहायक लक्ष्यहरु सहितको दस्तावेजलाई दीगो विकास लक्ष्य भनिन्छ। ती लक्ष्यहरुलाई विश्वका १९३ देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्। दीगो विकास लक्ष्य १ जनवरी २०१६ देखि सन् २०३० सम्मका लागि संसार भर लागू भएको छ।
दीगो विकास लक्ष्यका आधार स्तम्भहरु
क) पृथ्वीः पृथ्वीमा रहेका प्राकृतिक साधन स्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने
ख) मानवः सबै प्रकारका गरिवी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवं समानता कायम गर्ने
ग) समृद्धिः प्रकृति संग सामञ्जस्यता कायम गर्दै समृद्ध र समुन्नत जीवनको सुनिश्चितता गर्ने
घ) शान्तिः शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने
ङ) साझेदारीः सशक्त विश्वव्यापी साझेदारीद्वारा दीगो विकासका एजेण्डाहरुको कार्यान्वयन गर्ने
दीगो विकास लक्ष्यहरु
१ः सबै ठाउँबाट सबै प्रकारका गरिवीको अन्त्य गर्ने
२ः भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चितता गर्ने र दीगो कृषिको प्रवद्र्धन गर्ने
३ः सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवद्र्धन गर्ने ।
४ः सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चत गर्ने र जीवन पर्यन्त सिकाइका अवसरहरु प्रवद्र्धन गर्ने
५ः लैंगिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने
६ः सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दीगो व्यवस्थापन सुनिश्चित गर्ने
७ः सबैका लागि किफायती, विश्वसनीय, दीगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने
८ः भरपर्दो, समावेशी र दीगो आर्थिक बृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवद्र्धन गर्ने
९ः उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दीगो औधोगिकरणको प्रवद्र्धन र नवीन खोजलाई प्रोत्साहन
१०ः मुलुक भित्र तथा मुलुकहरुबीचको असमानता घटाउने
११ः शहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दीगो बनाउने
१२ः दीगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने
१३ः जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने
१४ः दीगो विकासका लागि महासागर, समुद्र र समुद्री सधान स्रोतहरुको दीगो प्रयोग तथा संरक्षण गर्ने
१५ः स्थानीय पर्यावरणको संरक्षण, पुनस्र्थापना र दीगो उपयोगको प्रवद्र्धन गर्ने, वनको दीगो ब्यवस्थापन गर्ने, मरुभूमीकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने
१६ः दीगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने
१७ः दीगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने
मानव, सम्पूर्ण जीव र बनस्पतिको आधार पृथ्वीको संरक्षण, विकासको मूलप्रवाहीकरणमा आउन नसकेका पछाडी परेका समुदाय, क्षेत्र र वर्गलाई शासनमा सहभागी गराउँदै आत्मसम्मानपूर्ण जीवनको प्रवद्र्धन गरी संसारमा शान्ति निर्माणको लागि सबै देश, संगठन र क्षेत्रबीच सहकार्य र साझेदारी गर्न निर्धारण गरिएको दीगो विकास लक्ष्यमा संयुक्त राष्ट्र संघको सक्रिय सदस्यको रुपमा नेपालले पनि हस्ताक्षर गरेको छ। नेपालले पनि सन् २००० देखि २०१५का लागि निर्धारित सहश्राब्दी विकास लक्ष्यमा हासिल गरेको प्रगति बमोजिम सन् २०३० सम्मका लागि राष्ट्रिय लक्ष्यहरु परिमार्जन गरी ती लक्ष्यहरु प्राप्तिका लागि विभिन्न कार्यक्रमहरु निर्माण गरी स्थानीय, प्रादेशिक र केन्द्रीय योजनाहरुमा मूलप्रवाहीकरण गर्न प्रयास गरिरहेको छ। संसारभरका अधिकांश संस्थाहरुले विकासका साझेदारका रुपमा दीगो विकास लक्ष्य प्राप्तिका लागि देशहरुलाई सहयोग गरिरहेका छन्। स्वयं दीगो विकास लक्ष्यको सूचक नं. १७ मा भनेभैंm पृथ्वीको संरक्षण, शासनमा नागरिकको सहभागिता र आत्मसम्मानपूर्ण जीवनको प्रवद्र्धनका लागि कुनै एक संस्थाले मात्र कार्य गर्दैमा पूर्ण नहुने भएकोले ती क्षेत्रमा कार्य गर्ने सबै पक्षहरुबीचको सहकार्य र साझेदारी अत्यावश्यक हुने भएकोले नेपालको संविधानले नेपालको अर्थतन्त्रको तेस्रो खम्बा भनी स्वीकार गरेको सहकारी क्षेत्रले दीगो विकास लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्दछ।
दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको साझेदारी
शताब्दीऔं देखि पूर्वीय सभ्यतामा सहकारी जीवनको अभिन्न अंग रहि आएको छ।। शारीरिक श्रमको क्षेत्रमा अर्मपर्म र भाँजको रुपमा सहकार्य, रुपैंया पैसाको लेनदेनमा ढिकुरको रुपमा सहकार्य, धार्मिक क्षेत्रमा गुठीको रुपमा सहकार्य, सामुदायिक कार्यमा छलफलको लागि रोदीको रुपमा सहकार्यमा नेपाली समुदाय अभ्यस्त रहेको छ। अनौपचारिक सहकारीको लामो इतिहास भएता पनि औपचारिक सहकारीको आरम्भ अरु देशको तुलनामा नेपालमा निकै पछि मात्र भएको थियो। नेपालमा राणा शासन हटाउन सशस्त्र संघर्ष गरेका चितवनका मुक्ति सेनानी बखान सिंह गुरुङको नेतृत्वमा वि.सं. २०१३ चैत्र २० गते चितवनमा बखान सहकारी शुरु भए पछि आरम्भ भएको नेपालको औपचारिक सहकारीको इतिहास निकै उतारचढावबीच अगाडि बढेको छ। पञ्चायती शासनमा राज्य नियन्त्रित सहकारीको अभ्यास गर्न बाध्य नेपालको सहकारी आन्दोलनले २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भई बहुदलीय व्यवस्थाको पहिलो निर्वाचन पश्चात बनेको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले सहकारी ऐन–२०४८ र सहकारी नियमावली–२०४९ जारी गरे पछि मात्र नेपालको सहकारी आन्दोलन आधुनिक युगमा प्रवेश गरेको हो। शासनमा जनताको सहभागिता, उदारवादी अर्थब्यवस्थालाई प्रोत्साहन गर्ने सरकार निर्माण भई निर्वाचित सरकारले सहकारी ऐन र सहकारी नियमावली जारी गरे पछि मात्र नेपालको सहकारी अभियान विश्व सहकारी अभियानको छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघमा सहभागी भई अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९९५मा जारी गरेको सात सिद्धान्तहरुमा आधारित भई संचालन हुन थालेको हो।
सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरु
१ः खुला तथा स्वेच्छिक सदस्यता
२ः सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
३ः सदस्यहरुको आर्थिक सहभागिता
४ः स्वायत्तता र स्वतन्त्रता
५ः शिक्षा, तालिम र सूचना
६ः सहकारीहरुबीचको सहकार्य
७ः समूदाय प्रति चासो
माथिका सिद्धान्तहरुमा आधारित भई संचालनमा रहेका ३४ हजार भन्दा सहकारी संस्थाहरुमा संगठित रहेका २८ लाख ५० हजार भन्दा बढी पुरुष सदस्यहरु र २३ लाख ५० हजार बढी महिला सदस्यहरुले दीगो विकास लक्ष्य प्राप्तिका सूचकहरु हासिल गर्नमा धेरै योगदान गर्न सक्दछन्। सहकारी संस्था सहकार्य गर्नका लागि स्थापना गरिएका हुन्। सहकारी संस्थाले सहकार्यलाई जोड दिन्छ। विभिन्न बहानामा जाति, भाषा, धर्म, पेशा, लिंग, सम्प्रदायबीचमा धु्रवीकरण गर्न खोजिएको समयमा सहकारीले सबैलाई जोड्ने काम गर्दछ। सहकारी क्षेत्रले विपन्नलाई संस्थागत सहारा प्रदान गर्न सक्दछ। सहकारीले शिक्षा दिन्छ। सहकारीले प्रजातान्त्रिक अभ्यास सिकाउँछ। सहकारीले बचत गर्न सिकाउँछ, सहयोग गर्दछ। सहकारीले शिक्षा र तालिम प्रदान गर्दछ। सहकारीले पृथ्वीको रक्षाका लागि योगदान गर्दछ। सहकारीले सामाजिक परिचालन गर्न मद्दत गर्दछ। वातावरण संरक्षण गर्न सहकारीले योगदान गर्दछ। हुने खानेबाट पूँजी निर्माण गरी हुँदा खानेलाई लगानी गर्दछ। उद्यमशीलताका लागि क्षमता विकास गर्दछ। सहकारीले सबै क्षेत्रलाई सहकार्य गर्न मद्दत गर्दछ।
एक्काइसौं शताब्दीमा सबै क्षेत्रमा सरकारी लगानी पर्याप्त नहुने भएकोले नीजी लगानीलाई पनि सार्वजनिक जत्तिकै महत्वपूर्ण मानिन्छ। नेपाल जस्तो अतिकम विकसित देशमा नीजी क्षेत्रको पनि अपेक्षित विकास नभएको कारणले नेपालको संविधान २०७२ को भाग ४ धारा ५० को (३) मै उल्लेख गरी नेपालमा सहकारी क्षेत्रलाई अर्थतन्त्रको तेस्रो खम्बाको स्थान प्रदान गरिएको छ।
तसर्थ नेपालको संविधानले गरेको अपेक्षा प्रति गौरव गर्दै नेपालका ५२ लाख भन्दा बढी नागरिक र संसारभरका संसारका १ अर्ब ५० करोड भन्दा धेरै नागरिकहरुलाई समेटेको २०० देशमा फैलिएको सहकारी सञ्जाल मार्फत दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकार्य गरी संसारमा मानव, सम्पूर्ण प्राणी र वनस्पतिहरुको घर पृथ्वीको रक्षा, शासनमा सहभागिताको अधिकार र सिमान्तीकृत नागरिकहरुको आत्मसम्मानपूर्ण जीवनको प्रवद्र्धनका लागि साझेदारी गरी विश्वशान्ति स्थापना गर्ने अभियानमा सहकारी क्षेत्रको सहकार्य र साझेदारी निकै महत्वपूर्ण र फलदायी हुनेछ। नेपालको सहकारी आन्दोलनले त्यो भूमिका निभाउन तत्पर र उत्साहित हुँदै २०७३ चैत्र २० गते मनाउन लागिएको ६० औं राष्ट्रिय सहकारी दिवसको नारा दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी राखिएको हो। आउनुस्, हामी सबै सहकारीकर्मीहरु मिलेर दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्था मार्फत हातेमालो गरौं।
स्रोतः संयुक्त राष्ट्र संघीय नियोगका प्रतिवेदनहरु
आर्थिक सर्वेक्षण अर्थ मन्त्रालय
Nice sir
ReplyDeletethank you very much!
ReplyDeletegood sir
ReplyDelete