Skip to main content

मर्यादित कामका लागि सहकारी

COOPS_4_DECENT_WORK
मर्यादित कामका लागि सहकारी
२०७६ असार २१ गते तदनुसार जुलाई ६, २०१९ (हरेक बर्ष जुलाईको पहिलो शनिबार मनाउने गरिन्छ) संसारभरी २५ अौं संयुक्त राष्ट्र संघीय सहकारी दिवस तथा ९६ अौं अन्तर्राष्ट्रिय सहकारी दिवस भब्यताका साथ मनाइदै छ।
यो बर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा "मर्यादित कामको लागि सहकारी" रहेको छ। सहकारीहरू सदस्य केन्द्रीत व्यवसाय हुन् जसले प्रजातान्त्रिक नियन्त्रण मार्फत 'कार्यक्षेत्रमा सामाजिक न्याय र मानव विकासलाई प्राथमिकता' दिन्छ भन्ने सन्देश यस सहकारी दिवसले संसारभर फैलाउन खोजेको छ। यस सन्देश मार्फत सहकारी क्षेत्रले दीगो विकास लक्ष्यको ८ नम्बर क्षेत्रलाई संसारभर चिनाउन चाहेको छ। सहकारी क्षेत्रले दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने भएकोले यो बर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस मार्फत यो प्रयास गरिएको हो।
#जय_सहकारी

दीगो विकास लक्ष्यबारे थप जानकारी लिन यहाँ 
https://damodarpangeni.blogspot.com/2017/03/blog-post.html क्लिक गर्नुहोस् ।

Comments

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...

सहकारी सङ्घसंस्थामा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था !

सम्पत्ति शुद्धीकरण को   अवधारणा  सम्पत्ति शुद्धीकरण  (Money Laundering)  भन्नाले गैर कानूनी रुपमा आर्जित आय वा कालो धनलाई धोई पखाली शुद्घ बनाउने कार्य तथा प्रक्रियालाई  बुझिन्छ । यो सम्पत्तिको गैर कानूनी स्रोत लुकाउने वा छल्ने कार्य तथा प्रक्रिया  हो । सम्पत्तिको सही प्रकृति , स्रोत , स्थान , निसर्ग , स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने , छल्ने वा बदल्ने कार्य अर्थात् सम्पत्ति शुद्धीकरणलाई एक मूलभूत अपराध मानिन्छ । कसूर गरी सम्पत्ति प्राप्त गर्ने , प्रयोग गर्ने वा धारण गर्ने कार्यसँग सम्पत्ति शुद्धीकरण सम्बन्धित छ । सम्पत्ति शुद्धीकरण आफैमा मूल अर्थात् सम्बद्ध कसूर  (Predicate  Offence)  होइन र यो मूल कसूरको सह – अपराध  (Secondary Offence)  को रुपमा रहने अपराध हो । यो एक बहुआयामिक वित्तीय अपराध  (Multi‐Dimensional Financial Crime)  हो । कसैले पनि सम्पत्ति शुद्धीकरण गर्नु गराउनु हुँदैन । सम्पत्ति शुद्धीकरण अपराध भएकोले यो कानूनद्वारा दण्डनीय हुन्छ । गैर कानूनी कार्य गरी आर्जन गरेको सम्पत...