Skip to main content

कोरोना लकडाउन फोटो साहित्य

कोरोना भाइरसको महामारीबाट बच्न नेपाल सरकारले लकडाउन गरेको समयमा सामाजिक सञ्जालमा प्रचलित फोटो साहित्यको संगालो!  


१) कस्सम ढॉटेको होइन! सानैदेखि धेरै फोटो देखियो तर तपाइको जस्तो फोटो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाईको फोटोको विशालता त्यो aeroplane मा पनि देखिन✈ निश्चल बगेको पानी पनि देखे तर तपाईको फोटो जति सुन्दर त्यो पानी पनि थिएन💧 गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा👀 light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग। सेतो हिउ पनि देखे तर मा कसम तपाइको फोटो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन❄ हजुरको फोटो एकदम राम्रो छ । किप इट अप येसरी नै फोटो फेसबुकमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको फोटो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला। Fair&Lovely ले पनि धोका खान्छ हजुरको फोटो देखेर/ जय हजुरको फोटो!

२) आहा , कति राम्रो फोटो । मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेबको जस्तो आँखा, झरना जस्तो कपाल , चन्दद्रमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटो को बयान स्वयं ईन्द्र को वावु चन्द्र ले त गर्न सक्दैनन् म त एक मानव न परें। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार किताब को भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ जो पाई लाई यो फोटो नदेखाउनु फेरि हृदयघात को शिकार होलान।
३) आज कटप्पा सङ्ग भेट भएको थियो |
मैले सोधेँ :- कटप्पा, ..तिमीले बाहुबली लाई किन मारेको ?
कटप्पा:- यम्मा नल्ला, निम्मडा..साळगुन्ना अन्ना. कोण्णल्लो कुडड्डा. थेल्लमी...मारपिंडा नेरुल्ला विकाना मुदक्कळ येल्ले. अंड वेंकटा नारकूंडा भुम्मले..म्चा...उणु कास्था चेन्नै यल्ला ...
म :- Hmm..., तेसो भए ठिकै गरेछौ । 

४) रक्सीमा त्यो नसा कहाँ छ ? जुन नसा हजुरको यो अविश्वसनीय तस्विर मा छ। मेरो side मा बसेको साथीले हजुरको यस्तो नसालु photo देख्यो अनि mobile को screen चाट्न थाल्यो र अहिले ऊ पुरै ज्यापमा छ। हजुरको यस्तो चमत्कारी तस्विरको दर्शन पाए अब मेरो आँखा को कुनै अरु उदेश्य रहेन।शायद हजुरले यो comment पढ्दा सम्म मैले मेरो आँखा दान गरि सकेको हुन्छु होला।यस्तो चमत्कारी तस्विर हाम्रो समक्ष पेश गर्ने ति अदभुत हातहरु कहाँ छन?ती हातहरु काटेर हामी ती हातहरु लाई नदि मा फाल्न चाहन्छौं ।किन भने संसारमा यस्तो किसिमको चमत्कार फेरी नदोहोरियोस ।

५) फोटो भनेको त यस्तो पो हुनपर्छ नि हिरा भन्दा कम छैन।आजकल जस्तो पायो त्यस्तै फोटो हाल्छन्,मान्छेहरु तर यो फोटो ३०°,४५° चाँही ९०°मा हेरेपनि सुन्दर देखिन्छ।यो फोटो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ।त्यसैले होशियार हुनुहोला।यस फोटोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्।करोडौंमा लिलाम पनि हुन सक्छ।मैले यति राम्रो फोटो देखेकै थिएन। कसम धरोधर्म हो के।अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। चम्किलो धपक्कै बलेको मोहडा,आहा कति राम्रो के। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ,त्यो केश,त्यो आँखा,त्यो ओठ,त्यो हँसिलो मुहार,आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है।भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ,त्यसैले यँहा बयान गरेर साध्य छैन।अझै गर्थे बयान तर अहिले अबेर भएछ,ल किप इट अप जो पायो त्यहीलाई यो फोटो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान। ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको (Bikram)यो सुन्दर,चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन।त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार हुनुहुन्छ।
६) फोटो के हो? असल फोटोका गुणहरु के के हुन ? फोटो खिच्दा क्यामेरा अनि क्यामेरामेनलाइ कसरी हेर्ने? ज्यान कति डिग्री कता तिर कसरी ढल्काउने? हात कहाँ राख्ने? के भिर्ने? के नभिर्ने? कम्मरमा के राख्ने? के बाध्ने? हाउभाउ कस्तो हुने? कसरी रियाक्ट गर्ने? ड्रेसअप कस्तो हुने भन्ने हजुरको यो फोटोबाट सबै प्रस्ट, छर्लङ्ग हुनेरैछ। हजुरको यो फोटो पो फोटो !! अरु त के फोटो र खै !! धन्न यत्तिको फोटो फेसबुकमा राख्नुभाको रैछ र सिक्ने मौका पाए। मुरी मुरी धन्यवाद हजुरलाइ !!

७) जब देखी तपाईं ले यो तस्बिर अनुहार पुस्तिका मा हाल्नु भयो तब देखी पृथ्वीलोक्मा आन्धाकार हेटको छ । लाग्छ कि सुर्य देव ले स्व्यम सुर्य को बिकल्प बनएर पठाउनु भएको तपाईं को यो ज्वलन्त तस्बिर । काठमाडौं को लोडसेडिङ त के विश्व कै आन्धकर हटाउन सक्ने क्षमता देख्छन् नासाका बैज्ञानीक हरु तपाईं को यो तस्बिर मा । बिज्ञान मा मात्त्र हैन धर्म क्षेत्रमा पनि प्रभाव पार्न पुगेको छ तपाईं को यो तस्बिर ले । माहत्मा हरु भन्छन एस तस्बिर को प्रबेश प्राचिन काल मा हुन पर्थिओ । महाभारत र रामायण जस्ता ठुला ठुला युध रोक्ने छ्यमता छ रे तपाईं को यो धपक्क बली रहेको अनुहार मा । तपाईं को झ्ल्झ्ल बलिरहेको यो तस्बिर आशा को किरन बनेर अएको छ एस पृथ्वीलोकमा बसोबास गर्ने मनुस्य जात मा । लाग्छ कि यो खुला आकाश को पवन मा तपाईं को तस्बिर बही रहेको छ । तपाईं को यही तस्बिर देखेर चरा हरु चिर्बिराउन थालिसके , कबी हरु कबिता रच्न थालिसके , गोपिनी हरु कृष्णजिइ लाई त्यगेर तपाईं को याद मा तड्पिन थालिसके । पुरै ब्रमान्ड खल्बलाएको तपाईं को एस तस्बिर लाई चुनौती दिन सक्ने अर्को तस्बिर समय को अन्त्य हुन अगाडी आउला भनेर मानब जाती कै लागि ठुलो प्रस्न भएर अढिएको छ । 

८) झट्ट हेर्दा साउथ अमेरिकी नागरिक जस्तो देखिने।मद्रासी फिल्मम हिरोईन  हुन सक्ने लुक्स भयकि ।हलिउड नै यिनले राज गर्लान जस्ती यिनलाई चाहाने को कति भिड होला।यिन्लाई देख्न लाखौं खर्च गर्न समेत पछि छैनन् ।।साच्चिकै के यी युबति विश्वभरि मा नम्बर १ हिरोइन हुन त । ।जन्ता जान्न चाहान्छन। 

९) मेरो र ट्रम्पको कोरोनाको विषयमा छलफल हुनुभन्दा अगाडीनै
एउटा पत्रकारले ट्रम्पलाई यो फोटो दिएको रैछ
जून फोटो ट्रम्पले हातमा लिएर आएका थिए
अनि भन्दै थिए कोरोनाको दवाई बनाउन सक्ने संसारमा एउटै व्यक्ति छ त्यो उँहानै हो
सुरुमा त मैले चिनीन अक्रूरेश्वर महादेवको जस्तो निदार भएको व्यक्ती
ब्राजिलको राष्ट्रपतिले भन्नु भयो उहाँलाई तपाईंले चिन्नुहुन्छ
ट्रम्प दाइले त झन् हो हो भन्नु भो अनि मैले
मार्क जुकेरबर्गलाई बोलाएर सोधपुछ गरेपछि बल्ल थाहापाएँ
अब संसारलाई कोरोनाबाट हजुरले बचाउन सक्नुहुन्छ
३ तीन दिनपछि Donald Trump ७० वटा जहाज २० बटालियन सेना लिएर हजुरको सम्मान गर्न आउदैछन् पर्सिकोलागि तयार रहनु होला सोच्नूहोस् त्यहाँपछी तँपाईको जिन्दगी कहाँ पुग्छ

१०) समकालीन नेपाली साहित्य टाक्सिएको अवस्थामा छ । कुनै कडा रोगव्याधिले सताएको दीर्घरोगी जस्तो । कथा, कविता, नाटक, निबन्ध, उपन्यास लगायतका अनेक फाँटहरू उपलब्ध नै छन् तर साहित्यका स्रष्टाहरूमा सिर्जना गरौं-गरौंको उत्साह छैन । भए नै पनि पर्याप्त छैन । धान फल्ने खेत, मकै उब्जिने बारी, सागपात हुने करेसाबारी र तुलफूलका स्रोत मानिने घरबारी सबैतिर अचेल बाँझोपन दृष्टिगोचर हुन्छ ।  हरियो-परियो हेर्न दिंदै आएका रुख बुट्यानमा पनि खडेरी परे झैं लाग्छ । बलिया हात-पाखुरी हुनेहरू कि मरुभूमि हराभरा गर्न अरब देश गएका छन् कि त सिमाना सुरक्षामा खटिन टाढा-नजिकका अन्य मुलुक पुग्ने परम्परा धानिरहेका छन्, यिनै बाध्यताले खेत-बारी बाँझा पाटामा परिणत भएका छन् । त्यसैगरी, स्रष्टाहरू सुस्ताउनाले  साहित्यका विशाल मैदान पट्यारलाग्दा पठार जस्ता हुन पुगेका छन् ।

स्रष्टा किन सुस्ताए त ? किन तिनको जाँगर मरेको हो ? सूचना प्रविधिमा आएको यत्रो उल्लेख्य परिवर्तनले इण्टरनेटका माध्यमद्वारा एक हैन अनेक चौतारीमा खोलिदिएको छ । फेसबूकको ‘छन्द चौतारी’ दृष्टान्त हो । यसरी, सुविधामाथि सुविधा थपिएका बेलामा साहित्य सिर्जना त झन् फस्टाएको हुनुपर्ने हो । तर यथार्थ भने भिन्दै छ । किन होला त ? खोजीनीति गर्नेले अनेक तर्क र आधार फेला पार्न सक्छन् । तर सामान्य समझ भएकाले समेत बुझेको-बेहोरेको तथ्य के हो भने साहित्यलाई मनोरञ्जन मात्र ठान्दै आएकाहरूले आफूले चाहेको आमोद-प्रमोद अन्यत्रैतिर खोज्न थाले, पाउन पनि लागे । फलस्वरुप साहित्यिक कृतिप्रतिको आकर्षण घटेर जाँदो छ । पुस्तकको आकारमा आउने साहित्यिक कृतिका पाठकहरूको गणना घट्ने क्रममा छ । मासिक, द्वैमासिक, त्रैमासिक भनेर चिनिने कतिपय पत्र-पत्रिका अचेल निस्कनै छोडेका छन् । मुद्रित सामग्री र मसलन्दका पसलमा पोटिला कथा,कविता जस्ता रचनाहरू भएका पत्र-पत्रिका भेटिन छोडेका छन् ।

११) आखिर याे फाेटाे मा के कमि थियाे र आर्कै फाेटाे लाई प्रोफाएल बनाइयाे

१२) लियोनाद्रो दा भिन्चीले बनायेको मोनालिसाको तस्बिर पनि फिक्का लाग्छ यो तस्बिर हेरेर। अब छिट्तै भियेना को सङ्रालयमा यो तस्बिर राख्ने तयारी हुँदै छ। लिलाम बडाबड को लागि टोलि नेपाल आउने सुचना प्राप्त भाको छ।

१३) पोलियो थोपा खानको लागि नजिकै को स्वास्थ चौकीमा जानू होला।

१४) यो नै एउटा त्यस्तो फोटो जुन हेर्न को लागि सारा संसार लक डाउन गरिएको छ।।। 

१५) नेपाल सरकारले ३-१६ वर्ष को बालबालिकाका लागि विशेष सुबिधा अन्तर्गत खाद्यान्न वितरण कार्यक्रम राखेको हुँदा कोहि पनि न छुटनु होस् - जनहितमा जारी

१६) भन्दा गफ हानेको जस्तो   
होला तपाईं को  यो  जादुमय   तर्बिर हेरेपछि  मलाइ  कोरोना  सङ  लड्ने   हौसला  मिलेको  छ ।  
यो  तस्बिर  चाइना   इटली अमेरिका ले पाए अर्बैमा किनेर लैजान्छन होला । यो  तस्बिर बिना   नेपाल  अधुरो  रहन्छ  त्यसैले  नबेच्नु होला  । धन्यवाद ।

१७) देख्न त मुन पनि देखेको हो,जुन पनि देखेको हो, २४ carat को सुन पनि देखेको हो, तर यस्तो फोटो...!! अ ह कहिले देखेकै थिएन । यो फोटो हैन यो त तस्बिर हो । धर्तिको कस्मीर हो । सगरमाथा को सिर हो । बाकी तारिफ अर्को फोटो मा धन्यवाद!

१८) जो पायो त्यसलाई यो फोटो नदेखाउनु है, फेरि हृदयघातको शिकार होलान ल। जादाजादै एउटा सल्लाह दिन्छु कि तिमि यदि यो सुन्दर चम्किलो अनुहारले फिल्म खेल्यौ भने त सुपरहिट हुनेमा शंकै छैन । त्यसैले, अब फिल्म क्षेत्रमा लाग्यौ भने रातारात सुपरस्टार हुन्छौ पक्का !

१९) सानैदेखि धेरै फोटो देखियो तर तपाइको जस्तो फोटो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको फोटोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर तपाइको फोटो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको फोटो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन❄ हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै फोटो फेस्बूकॉ हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको फोटो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको फोटो देखेर जय हजुरको फोटोफोटो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो फोटो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस फोटोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो फोटो देखेकै थिएन ।कस्सम कसम से हो के । अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएरपठाएका हुदा हुन है । भयो छोडनुस तपाईंको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो फोटो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल जादाजादै एउटा सल्लाह दिन्छु कि हजुरले यो सुन्दरचम्किलो अनुहारले फिल्मखेल्नुभयो त सुजब देखी तपाईं ले यो तस्बिर अनुहार पुस्तिका मा हाल्नु भयो तब देखी पृथ्वीलोक्मा आन्धाकार हेटको छ । लाग्छ कि सुर्य देव ले स्व्यम सुर्य को बिकल्प बनएर पठाउनु भएको तपाईं को यो ज्व्लन्त तस्बिर । काठमाडौं को लोड्शेडिङ त के बिस्व कै आन्धकर हटाउन सक्ने छ्यमता देख्छन नासाका बैज्ञानीक हरु तपाईं को यो तस्बिर मा । बिज्ञान मा मात्त्र हैन धर्म छेत्र मा पनि प्रभाब पार्न पुगेको छ तपाईं को यो तस्बिर ले । माहत्मा हरु भन्छन एस तस्बिर को प्रबेश प्राचिन काल मा हुन पर्थिओ । महभारत र रमायान जस्ता ठुला ठुला युध रोक्ने छ्यमता छ रे तपाईं को यो धपक्क बली रहेको अनुहार मा । तपाईं को झ्ल्झ्ल बलिरहेको यो तस्बिर आशा को किरन बनेर अएको छ एस पृथिवी लोक मा बसोबास गर्ने मनुस्य जात मा । लाग्छ कि यो खुला आकाश को पवन मा तपाईं को तस्बिर बही रहेको छ । तपाईं को यही तस्बिर देखेर चरा हरु चिर्बिराउन थालिसके , कबी हरु कबिता रच्न थालिसके , कृष्णजि राधालाईलाई त्यगेर तपाईं को याद मा तड्पिन थालिसके । पुरै ब्रमान्ड खल्बलाएको तपाईं को एस तस्बिर लाई चुनौती दिन सक्ने अर्को तस्बिर समय को अन्त्य हुन अगाडी आउला भनेर मानब जाती कै लागि ठुलो प्रस्न भएर अढिएको छ ।

२०) स्वर्ग का अप्सराहरु हजुरको नाम सुनेपछी पृथ्वी मा आउन चाहेको कुरा हिजो उज्यालो ले बिहान ६ बजेको खबर मार्फत भनेदेखि स्वर्ग मा हलचल मच्चिएको छ गरे। देबताहरु बिच मिटिङ चलिराछ रे, बिचार गर्नुहोस कोरोना भाइरस बाट आफू पनि बचौ अरुलाइ पनि बचाउं।

२१) अनुहार त हजुर को भाइरस को जस्तै परेको रहेछ तर पनि हात चै साबुन पानी ले नै धुनु हुन्छ होला नि है ।।

२२) स्याउ खानु रातो ...रातो... चिया खानु तातो.... यि naniko १६ बर्षे फोटो हेर्दा गयो मेरो सातो ..... चैट ....चैट....चैट ।

२३) यो रेडियो नेपाल हो 📻
अब सुन्नुस पूरा समाचार 
हजुर ले भर्खरै पोस्ट गर्नु भएको फोटो ले पूरा दुनियाँमा तहल्का मच्चाई राखेको छ करोडौं मान्छे लाइन लागेका छन हजुर को तस्वीर हेर्न आगामी दिन मा यति धेरै सुन्द अनि राम्रो सुन्दर फोटो फेसबुक मा नराख्न केपि ओलि ज्यु ले अपील गर्नु भाएको छ र लाखौं को संख्या मा मानिस बेहोस भएको पनि हाम्रा बरिस्ठ डाक्टरले बताएका छन् कृपया बि४पुर्याउनु होला।

२४) यो तस्वीर ले  कति को  मुटु मा  डढेलो लागायो होला  लौन  सारकार  केहि गर।

२५) यो फोटो देखे पछि मैले घरका भित्ता मा टासेका प्रीति जिन्टा,  माधुरी र हेमा मालिनी का फोटो हरु हटाए,  मोनालिषा को फोटो नि हटाएर त्यो frame मा तपाइको येही बिस्व हल्लाउने फोटो राख्न लाको छु | 

२६) वै्ञानिकहरूले कोरोनको उपचार पत्ता लगाउन केही वर्षमा सकिन्छ तर यस तस्बिरको सुन्दरताको राज पत्ता लगाउन अझै केही सताब्दी पर्खिनु पर्छ ।

२७) सूचना सूचना सूचना
यो फोटोको मान्छे अस्ति रत्नपार्क ट्वाइलेटमा पिसाब गरेर पैसा नतिरी फरार भएको हुदा भेट्नुहुने महानुभाब हरुले नजिकको प्रहरि चौकिमा सम्पर्क गर्नहुन अनुरोध छ

२८) कृपया माक्स को प्रयोग अनिबर्या गर्दिनु होला यसरी लपरबाही गरेर खिचिएको फोटो मुहार मुस्तिका मा मान्या हुने छैन । जनहितमा जारी धन्यवाद ।

२९) म्यारिज खेल्दै थिम एउटा जोकर न पुगेर तनाब भयेको थियो हजुर को फोटो धन्न तेति बेलै आइपुग्यो र काम चल्यो

३०) भन्दा   गफ  हाने  जस्तो   तपाईं को  यो  जादुमय   तर्बिर   हेरे पछि  मलाइ  कोरोना  सङ  लड्ने   हौसला  मिलेको  छ ।  
यो  तस्बिर  चाइना   इटली   अमेरिका ले पाए    अर्बैमा  किनेर लैजान्छन होला । त्यो  तस्बिर बिना   नेपाल  अधुरो  रहान्छ   त्यसैले  नबेच्नु होला  । धन्यवाद ।तपाईं घरमै बसेर तनावग्रस्त हुनुहुन्छ , चिन्ता नलिनुहोस  राष्ट्रिय पुराना फोटो खोजी तथा टिकाटिप्प्णी समारोहमा सहभागी हुनुहोश र आफ्नो तनाबरुपि जिबनलाई खुशिपुर्ण बनाउनुहोस..धन्यवाद !!

३१) पुरै ब्रम्हाण्ड खल्बलाएको तपाईंको यस तस्बिरलाई चुनौती दिन सक्ने अर्को तस्बिर समयको अन्त्य हुनु अगाडी आउँला कि नआउँला भनेर मानब जातीकै लागि ठुलो प्रश्न भएर अडिएको छ ।

३२) मलाइ अचम्म लाग्छ, मलाइ ताजुब लाग्छ, मलाई आश्चर्य लाग्छ, यति राम्रो मुहारको धनी तपाइलाइ किन राजमौलीले बाहुबली को लागि सम्झौता गरेनन । बिश्व स्वास्थ्य संगठन (WHO) लाई पक्कै म आग्रह गर्नेछु कि यो सुन्दर मुहारलाई अहिलेको महामारी कोबिड १९ विरुद्ध आम जनमानसको आत्माबल बढाउनको लागि प्रयोग गरून् । धन्य छौ हामी सबै जस्ले यति राम्रो मुहारको दर्शन गर्ने सौभाग्य प्राप्त गरेऊँ ।

३३) काठमाडौं को लोड्शेडिङ त के बिस्व कै आन्धकर हटाउन सक्ने क्षमता देख्छन नासाका बैज्ञानीकहरु तपाइको यो तस्बिरमा । बिज्ञानमा मात्र हैन धर्म क्षेत्रमा पनि प्रभाब पार्न पुगेको छ तपाईको यो तस्बिरले । माहत्मा हरु भन्छन यस तस्बिरको प्रबेश प्राचिन कालमा हुन पर्थिओ । महभारत र रामायण जस्ता ठुला ठुला युद्व रोक्ने क्षमता छ रे तपाइको यो धपक्क बली रहेको अनुहार मा । तपाईको झ्ल्झ्ल बलिरहेको यो तस्बिर आशाको किरण बनेर आएको छ यस पृथ्वि लोकमा बसोबास गर्ने मनुष्य जातमा । लाग्छ कि यो खुला आकाशको पवनमा तपाईको तस्बिर बहीरहेको छ । तपाईको यही तस्बिर देखेर चराहरु चिर्बिराउन थालिसके , कविहरु कबिता रच्न थालिसके , कति मान्छेहरु तपाईको यादमा तड्पिन थालिसके । पुरै ब्रमान्ड खल्बलाएको तपाईको यस तस्बिरलाई चुनौती दिन सक्ने अर्को तस्बिर समयको अन्त्य हुन अगाडी आउला भनेर मानब जातिकै लागि ठुलो प्रश्न भएर अढिएको छ ।

३४) द्वन्द काल चल्यो, सकियो,
केइ भएन ;
काठमाडौँ आउँदा कृष्ण भिरमा पहिरो जान्थ्यो,
केहि भएन ;
बाडी आएको खोलामा पौडी खेलियो,
केहि भएन;
घन्टौ सम्म चर्को घाममा बिना दाना-पानी हिडियो,
केहि भएन;
हुरी-बताशमा परियो,
केहि भएन;
असिना पानिले चुट्यो,
केहि भएन;
७२ सालको भुकम्प झेलियो,
केहि भएन,
परकम्प आए,
केहि भएन;
अब त केहि नै हुॅदैन होला भनेर ढुक्क थेँ
अचनाक यो तेजस्वी फोटो देख्ना साथ्
मेरो अाँखाको ज्योति घट्यो;
कैले कता ठोक्किन्छु, कैले कता, 
खैर ठिकै छ, चित्त बुझाउदै छु| 

३५) कति राम्रो फोटो! यता बाट हेर्दा नि राम्रो,
उता बाट हेर्दा नि राम्रो , उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो! सुतेर हेर्दा नि राम्रो ,बसेर हेर्दा नि राम्रो , सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्ने सक्दिन म आहा कति राम्रो। 

३६) कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्यमुनी! यस्तो फोटोको बयान गर्न तीन लोक, तेह्र भुवनका तेतिस कोटी देवता,नन्दी,भृङ्गी, चौसठ्ठी योगिनी ,बाह्र मुखले सहित भएका शेष नागले त कहाँ सक्लान् ! अमारकापुरी का अपारहरु पनि मन्त्र मुग्द भएर नागिन चाल संगै तपाईं को दर्शन गर्नलाइ धर्ति लोकमा झर्न तयार भएका छन् ।स्वर्गका देवता हरु पनि तपाईंलाई दर्शन गर्न झर्दै छन् रे । तपाईंको जस्तै केमरा किन्न तयार भएकाछन् रे ! मैले त हजुरको तस्बिर को के बयान गरेर सक्छु अरु अरु तस्बिर पोस्त्याई रहनु होला !

३७) हो ! यी मेरा आँखाले आज के देख्न परेको ? सक्छात भगवानको अजिम बनावट । लाग्छ जति मानिसको औसत आयु हुन्छ त्या भन्दा बढी समय खर्चेर तपाइको चित्र कोरेको जस्तो। सिर देखि पाउ सम्म कुनै कमिको छ भनेर मेरा यि आखाले देख्न सकेन। सुन्दर चम्किलो अनुहार , चौडा ललाट तेस्माथी हसिलो मुस्कान , सुनमा सुगन्ध मिसियको जस्तो। लाग्छ हजुर यो दुनियाको लागि जन्मेकै हैन। हजुर जस्तै सुन्दर लोकमा पठाउन बिर्सियर धर्तिमा झारेको जस्तो। मिलेको जिउडाल खाइदिउ खाइदिउ लाग्ने तेति आकर्सक बनावट । म त आफ्ना आखालाइ एक घडिको लागि पनि हटाउन सकिन। हजुर को तस्बिरको लत बसिसक्यो मलाइ । साएद यो लत त अब सुधार केन्द्रमै लगे पनि हटाउन गाह्रो छ।

३८) रक्सीमा त्यो नसा कहाँ छ ? जुन नसा हजुरको यो अविश्वसनीय तस्विर मा छ। मेरो side मा बसेको साथीले हजुरको यस्तो नसालु photo देख्यो अनि mobile को screen चाट्न थाल्यो र अहिले ऊ पुरै ज्यापमा छ। हजुरको यस्तो चमत्कारी तस्विरको दर्शन पाए अब मेरो आँखा को कुनै अरु उदेश्य रहेन।शायद हजुरले यो comment पढ्दा सम्म मैले मेरो आँखा दान गरि सकेको हुन्छु होला।यस्तो चमत्कारी तस्विर हाम्रो समक्ष पेश गर्ने ति अदभुत हातहरु कहाँ छन?ती हातहरु काटेर हामी ती हातहरु लाई नदि मा फाल्न चाहन्छौं ।किन भने संसारमा यस्तो किसिमको चमत्कार फेरी नदोहोरियोस ।

३९) आम नेपालीले साबुन पानी ले हात धुन ध्यान दिने कि तपाईको यो अति सुन्दर  तस्बिर मा ध्यान दिने अब,कोरोना उन्मुलन नभए सम्म यस्ता लोभलाग्दो तस्बिर हटाइयोस सरकार ।

४०) यो नै एउटा त्यस्तो फोटो जुन हेर्न को लागि सारा नेपाल लक डाउन गरिएको छ।।।

४१) अत्यन्तै प्रेरणादायी फोटो ! म प्रेरित भएँ अनि मेरा साथीहरूलाई देखाएँ, उनिहरु पनि प्रेरित भए र आफ्ना परिवारलाई देखाए । उनिहरु पनि प्रेरित भए र आफ्ना छिमेकीहरुलाई देखाए । यसको प्रभाव यति थियो कि छिमेकीहरू पनि प्रेरित भए । त्यसपछि प्रोजेक्टर भाडामा लिएर सारा गाउलेलाई देखाए र गाउँलेहरु पनि प्रेरित भए पश्चात अहिले देश नै प्रेरित गर्ने अभियान चलेको छ । यस्तो उच्च प्रेरणादायी फोटो हालेर सबैलाई प्रेरित गर्नुभएकोमा मुरीमुरी धन्यवाद ।

४२) यसो हेर्दा नेपाली कला क्षेत्रमा राज गर्न सक्ने ।स्टाईलका बादसाह भन्न रुचाए मैले उहाँलाई ।उहाँको यो पोजबाटै हामी आकलन गर्न सक्छौं उहाँको भबिस्य सुमधुर छ भन्ने कुराको ।नेपाली कलाकारहरूले उहाँको बराबर तीब्र गतिमा काम गर्न नसकेर अब उहाँ बिहार तिर गै फिल्म बनाउने चक्करमा हुनुहुन्छ भन्ने कुरा कुरा उहाँको साथिले जानकारी गराउनु भएको छ।यो उहाँको लुक्स यकदम दामी छ।

४३) बैंक लोन दिन मानिरहेको थिएन यो फोटो धितोको रूपमा देखाउने एक करोड बिना ब्याज बिनियोजन गदिेहालियो यसतो पुरातात्विक फोटो जगेनॉ गरि राखिदिनु भएकोमा धन्यवाद।

४४) पुरै ब्रम्हाण्ड खल्बलाएको तपाईंको यस तस्बिरलाई चुनौती दिन सक्ने अर्को तस्बिर समयको अन्त्य हुनु अगाडी आउँला कि नआउँला भनेर मानब जातीकै लागि ठुलो प्रश्न भएर अडिएको छ ।

४५) स्याउ खानु रातो रातो
चिया खानु तातो.
यिनको १६ बर्षे फोटो हेर्दा
गयो मेरो सातो चैट ....चैट....चैट

संकलन: दामोदर पंगेनी २०७६/१२/१५ (लकडाउन - पाँचौ दिन)
अद्यावधिक : २०७६/१२/१६ (लकडाउन- छेठौं दिन)

Comments

  1. comment jati yeha bata copy garey ra aatank macchaye raixan facebook ma Sir po hunu hudo raixa main leader :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं ।

- गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं । दामोदर पंगेनी  महासचिव-जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही रुपन्देही जिल्ला सहकारीको उर्वर भूमि हो। १ जिल्ला सहकारी संघ, ५ वटा विषयगत सहकारी संघ, १ विशिष्टीकृत सहकारी संघ तथा ९०० भन्दा बढी प्रारम्भिक सहकारी संस्था क्रियाशील रहेको रुपन्देही सहकारी सदस्यको विशाल संगठन निर्माण गर्न र ठूलो पूँजी निर्माणमा सफल रहेको छ।  रुपन्देही जिल्ला प्रशासनिक दृष्टिकोणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जनसंख्या भएको र आर्थिक गतिविधि हुने जिल्ला तथा भारतसंग कारोबारको दृष्टिकोणले बिरगञ्ज पछिको महत्वपूर्ण सीमा नाकाको रुपमा रहेको छ।रुपन्देही प्रदेशका अन्य ११ जिल्ला संग सडक यातायातको सञ्जालले जोडिएको छ। व्यापारिक दृष्टिकोणले भारतसंग बैदेशिक ब्यापारका साथै गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल मार्फत भारत बाहेकका देश संग ब्यापारिक सम्भावना युक्त रहेको छ। रुपन्देहीमा सहकारी क्षेत्रबाट पूँजी निर्माण भईसकेको, सहकारीको एक सशक्त संरचना बनिसकेको अवस्थामा सहकारी क्षेत्रले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने कार्य मात्रले सहकारी स्थापनाको उद्देश्य पुरा हुन सक्दैन। कृषि सहकारी, दुग

सहकारीको दिगोपनका लागि नीति तथा विधिमा आधारित सहकारीता

‍.   - दामोदर पंगेनी बित्तीय कारोबार गर्ने संगठित संस्था नपुगेका धेरै स्थानमा , ससानो पूँजीलाई एकत्रित गर्दै , स्थानीय व्यक्तिहरु संगठित भइ आत्मनिर्भरता , उत्पादन र स्वाभिमानका सहित संचालनमा रहेका सहकारीहरु माथि अहिले विभिन्न क्षेत्रबाट प्रहार भइ रहेको छ। धेरै ठुलो जनसंख्यालाइ बचत गर्ने बानी पारेको संस्था, संगठन चलाउन सक्ने नेतृत्व विकास गरेको र सेवासुविधा नपुगेको क्षेत्रमा अनेकौं सेवा सुविधाको पहुँच बृद्धि गरेको सहकारी क्षेत्रले गरेको कामलाई नजरअन्दाज गर्दै सहकारी भनेकै अव्यवस्था हो भन्ने चित्रण गराउने दुस्प्रयास भएको देखिन्छ । यस्तो हुनुमा सहकारी क्षेत्रलाई बदनाम गराउन सके व्यवसायिक प्रतिस्पर्धामा अगाडि जान सकिएला भनी दुराशय राख्ने पक्ष संगसंगै सहकारी क्षेत्रलाई समयानुकूल संचालन र व्यवस्थापन गर्न नसक्ने , नीति र विधिको सट्टामा मनमौजी , व्यक्तिवादी शैली पनि उत्तिकै जिम्मेवार छ। औपचारिक सहकारीको स्थापना विश्वको तुलनामा ढिलोमात्र शुरु भएको नेपालमा शुरुवाती समयमा जनसमुदायलाई संगठित गरी समुदायमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी सहकारी संस्था स्थापना गर्नु नै ठूलो सफलताको विषय रहे

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋणी स