Skip to main content

रुपन्देहीमा सहकारी संस्थाहरुबाट संचालित सामाजिक र सांस्कृतिक कार्यक्रमहरु


-
दामोदर पंगेनी

अन्तराष्ट्रिय सहकारी महासंघले (सन् २००२) सहकारीलाई सहकारी सदस्यहरुको सामूहिक आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पुरा गर्न स्वेच्छिक रुपमा संगठित हुने प्रजातान्त्रिक विधिबाट सदस्यले नियन्त्रण र संचालन गर्ने स्वायत्त संगठन हो। भनी परिभाषित गरेको छ।

सहकारीको बारेमा नेपालको संविधान २०७२ को भाग ४ धारा ५० (३) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ । भनी संविधानले देशको लागि सहकारीले गर्ने योगदानको क्षेत्र र अपेक्षाको बारेमा लिपिबद्ध गरिएको छ। 

सहकारी क्षेत्रको योगदानको बारेमा नेपाल सरकार अर्थ मन्त्रालयले २०७६ मा प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ फागुन सम्म सहकारी संस्थाहरुको संख्या ३४ हजार ७ सय ३७, शेयर सदस्य संख्या ६५ लाख १२ हजार ३ सय ४० र शेयर पूँजी रु. ७६ अर्ब ३४ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म सहकारी क्षेत्रमा रु. ३ खर्ब ४५ अर्ब ५९ करोड बचत परिचालन भई रु. ३ खर्ब ७१ करोड ऋण परिचालन भएको छ। भनी सहकारीले अर्थतन्त्रमा पारेको वित्तीय प्रभावको बारेमा उल्लेख गरेको छ।

यसै सन्दर्भमा भएका धेरै अध्ययनहरु पुनरावलोकन गर्दा बित्तीय क्षेत्रमा सहकारीले गरेका योगदानको बारेमा विभिन्न विद्धानहरुले अध्ययन गरेको देखिएता पनि सहकारीले सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको योगदान बारेमा अध्ययन भएको नदेखिएको परिप्रेक्ष्यमा रुपन्देही जिल्लाका ४० वटा सहकारीलाई नमूनाका रुपमा लिई (बचत तथा ऋण २४, बहुउद्देश्यीय ७, कृषि ५, सामाजिक उद्यमी ३ र जडिबुटी १) प्रश्नावलीको माध्यमबाट तथ्यांक संकलन गरी ब्याख्यात्मक अनुसन्धान ढाँचामा अनुसन्धान सम्पन्न गर्दा देखिएको निष्कर्ष यसप्रकार प्राप्त भएको छ।

क) रुपन्देहीका सहकारी संस्थाले संचालन गरेका सामाजिक र सांस्कृतिक कार्यक्रम

१. बृक्षारोपण तथा फलफूल लगाउने कार्यक्रम       १९. रक्तदान कार्यक्रम
२. सहकारी शिक्षा तालिम                                 २०. सीप विकास तालिम
३. सदस्यको मृत्युमा राहत सहयोग                     २१. सदस्यको परिवारको सदस्यको मृत्युमा राहत
४. उत्कृष्ट सदस्य, बचतकर्ता र ऋणी सम्मान         २२. पशु बिमा कार्यक्रम
५. सामुदायिक सूचना केन्द्र संचालन                   २३. विरामी हुँदा सहयोग
६. सदस्यको दुर्घटना बिमा सुविधा                      २४. हाजिरीजवाफ प्रतियोगिता
७. गाउँ, टोल सरसफाई कार्यक्रम                       २५. शैक्षिक सामाग्री वितरण
८. जेष्ठ सदस्य सम्मान कार्यक्रम                         २६. सुत्केरी सहयोग तथा भेटघाट कार्यक्रम
९. नयाँ बधु स्वागत कार्यक्रम                             २७. सिंचाईको साधन सहयोग 
१०. फोहरदानी (डस्टविन) वितरण                     २८. स्वास्थ्य शिविर
११. किशोरी र दिदीबहिनी क्लव गठन                 २९. तीज गीत प्रतियोगिता
१२. खेलाडी सम्मान कार्यक्रम                            ३०. खेलकुद कार्यक्रम
१३. पशुस्वास्थ्य शिविर संचालन                          ३१. अध्ययन भ्रमण कार्यक्रम
१४. खानेपानी वितरण कार्यक्रम                         ३२. गोबर ग्यास निर्माण
१५. नाली निर्माण                                             ३३. महिला सशक्तिकरण तालिम
१६. विद्यार्थी सम्मान कार्यक्रम                            ३४. लागूपदार्थ दुब्र्यसनी नियन्त्रण तालिम
१७. ट्राफिक सचेतना कार्यक्रम                          ३५. नेतृत्व विकास र उद्घोषण तालिम
१८. मन्दिर, अस्पताल र अपांग आश्रममा खाद्यान्न वितरण

ख) रुपन्देही जिल्लामा सहकारी संस्थाले संचालन गरेका प्रमुख ५ कार्यक्रम

१. उत्कृष्ट सदस्य, बचतकर्ता र ऋणी सम्मान कार्यक्रम     ८५ प्रतिशत
२. सहकारी शिक्षा तालिम                                             ८२.५ प्रतिशत
३. रक्तदान कार्यक्रम                                                   ५७.५ प्रतिशत
४. सीप विकास तालिम                                                 ५० प्रतिशत 
५. सदस्यको परिवारमा मृत्यु पर्दा राहत सहयोग             ४५ प्रतिशत

ग) संचालित ३५ प्रकारका कार्यक्रम मध्ये ८६.२२ प्रतिशत कार्यक्रमलाई सहकारी संस्थाले आफ्नो नियमित बार्षिक कार्यक्रममा समावेश गरेर सम्पन्न गरेका थिए भने बाँकी कार्यक्रमलाई संचालक समितिको निर्णय मार्फत संचालन गरेको देखिन्छ।

घ) संचालित ३५ प्रकारका कार्यक्रम मध्ये २३ प्रकारका कार्यक्रम (६५.७२ प्रतिशत) सदस्यका लागि मात्र र  १२ प्रकारका (३४.२८ प्रतिशत) कार्यक्रम सर्वसाधारणका लागि समेत संचालित रहेका थिए।

सन्दर्भ सामाग्रीः 

Ministry of Finance. (2019). Economic Survey 2018/19. Kathmandu: Ministry of Finance.
Nepal Law Commission. (2017). Constitution of Nepal. Kathmandu: Nepal Law Commission.
UWCC (2002): Cooperatives, University of Wisconsin Centre for Cooperative, at www.uwcc.com

कोषाध्यक्ष :जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही / स.प्राध्यापकः यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन-३, रुपन्देही

For Full Research Report: https://damodarpangeni.blogspot.com/2020/03/blog-post_20.html

Comments

  1. Damu timra harek articles haru ati gyanbardhak, upalbdhi mulak , khojpurna ra sabai pathak harulai sahayogi awasya hunexa yasai sandharba ma SAHARI GYAN title KO BOOK PRINT GARNA SALLAHA DINA CHAHANXU

    ReplyDelete
    Replies
    1. Thank you very much my dear friend for compliments.

      Delete

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...