Skip to main content

हाम्रा पुस्ताका रोमाञ्चक स्मरणहरू

संकलन: दामोदर पंगेनी

हामी नेपालीहरूको जीवनशैली तिब्र रूपमा बदलिँदो छ। कृषिमा आधारित जीवनपद्धति छाड्दै जानुपर्ने बाध्यता र रेमिट्यान्स मार्फत संसारका विज्ञान र प्रविधिको प्रसार तथा खर्च गर्न सक्ने शक्तिमा भएको बृद्धिले हिजोको हाम्रो जीवनशैली दिनानुदिन परिवर्तन भइरहेको छ। चाडपर्व आउँदाको खुसीयाली बीचमा हामी हिजो कसरी बाँच्थ्यौं र अहिले हामी कसरी जिन्दगी बिताइरहेका छौं भन्ने हेर्दा धेरै पक्षमा परिवर्तन भएको पाउँछौं। हिजोका प्रचलन, अभ्यास, विश्वास आज फेरिएका, परिमार्जित र परिस्कृत भएको देखिन्छ। नयाँ अभ्यास, प्रचलन र जीवनशैली अवलम्बन गरिरहँदा हाम्रो हिजोको दिन सम्झन यो सामाग्री तयार गरिएको हो। 
- हामी त्यो पुस्ता हौं, जसले साइकल कैँची, डण्डी र गद्दी गरेर ३ चरणमा सिक्यौं। 
- हामी त्यो पुस्ता हौं, जसले १ घरकाले फोटो खिचाउने बेलामा टोलभरीकाले रमाइलो गर्‍यौं।
- हामी त्यो पुस्ता हौं, जसले फोटो खिचिसकेपछि कस्तो आएछ फोटो भनि हेर्न १-२ हप्ता पर्खियौं। अहिले हातहातमा क्यामराले एउटै पोजलाई १० क्लिक गर्न पाईएको छ।
- हामी त्यो पुस्ता हौं, जसले फुसको घर, जस्ताको घर, आरसिसी घरको अनुभव पायौं। फुसको घर चुहिदा विस्तरा साघुँर्‍याउँदै गुडुल्की परेर सुत्ने अनुभव सगाल्यौं।
- हामी त्यो पुस्ता हौं, जसले माटोको घरभित्र बसेर पंचतन्त्रको कथा सुन्यौं । बुवा-आमाको काखमा भजन सुन्दै निदायौं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । प्लेटमा खन्याएर चिया पियौं ।
- हामी त्यो पुस्ता हौं, जसले बाल्यकालमा टोल छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कपर्दी, डोरी नाघ्ने, चुङ्गी, गुच्छा जस्ता दुर्लभ कुराहरू खेल्यौं । ती खेलहरू सँगसँगै अहिलेका अनलाइन गेम समेत खेल्न पाइएको छ।
- हामी त्यो पुस्ता हौं, जसले टुकि बालेर, लालटेन बालेर र चिम बालेर पढ्यौं, लेख्यौं। कसै-कसैले मैनटोल पनि बाल्यौं । 
- हामी त्यो पुस्ता हौं, जसले हाटबजारमा पाइने बाह्रखरी किनेर अक्षर चिन्यौं, नागराजका कमिक्सहरु र उपन्यास समेत हाटबजारबाट किनेर पढ्यौं ।
- हामी त्यो  पुस्ता  हौं, जसले पत्रमित्रता मार्फत  साथी बनाउन देशै भरीका साथीहरू सँग पत्र लेख्ने काम गर्‍यौं । जुकरवर्गले फेसबुक नबनाउँदा सम्म पत्रमार्फत मित्रता गरेका हामी अहिले फेसबुक र अन्य विविध एप मार्फत जोडिएका छौं। 
- हामी त्यो पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर स्कुल गयौं, विवाह तथा भोजभतेरमा पुग्यौं । 
- हामी त्यो पुस्ता हौं जसले टपरी र केराको पातमा पार्टी खायौं । 
- हामी त्यो पुस्ता हौं जसले माटो र  पिनाले नुहायौं ।
- हामी त्यो पुस्ता हौं, जसले मसी भर्ने भरुवा कलमले लेख्यौं। फ्लेम पेनमा मसी भर्दा आफ्नो कापी किताब र कपडामा मसी पोखेर कालो निलो बनायौं ।
- हामी त्यो पुस्ता हौं, जसले चेलपार्क मसीले लेख्यौं।
- हामी त्यो पुस्ता हौं, जसले सिनेमाको पोस्टर हेरेको बेलामा सिनेमा हेरेर आएको साथीले दिएको गफ सुनेर पुरै सिनेमा हेरेको  महसुस गर्‍यौं।
- हामी त्यो पुस्ता हौं, जसले विद्यालयमा शिक्षकले भक्कु कुटाइ गरेको, मुर्गा बनाएको देख्यौं र खायौं/ बन्यौं ।
- हामी त्यो पुस्ता हौं, जसले खेल्दा-खेल्दै टोलका अग्रजहरुलाई टाढाबाट देखेपछि  भाग्दै दौडिदै घर आउने गर्थ्यौं।
- हामी त्यो पुस्ता हौं, जसले गुडको चिया पिएको छ । रोटिमा खुदो दलेर खाएको छ । चिउरीको बोटमा चढेर टन्न होइन्जेल चिउरी खाएको छ ।
- हामी त्यो अन्तिम पुस्ता हौं, जसले सज्जिवन, नीम, अपामार्गको डाँठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर हुँदै अहिले विभिन्न कम्पनीका पेस्टहरु समेत अनुभव गर्‍यौं ।
- हामी त्यो पुस्ता हौं, जसले जुनेली रातमा पुरै परिवार संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं । 
- हामी त्यो पुस्ता हौं जसले गाउँमा २-४ घरमा हुने टेलिभिजनमा शनिबार दिउँसो आउने फिलिम (सिनेमा) टोलभरिका जम्मा भएर मिनि हल बनाएर हेर्‍यौं । समूहमा बसेर "महाभारत" "रामायण" "चन्द्राकान्ता"  हुँदै "गितान्जली" तथा "देवि" सिरियल अनि शुक्रबार राती दुरदर्शनमा फिलिम हेर्‍यौं।
-हामी त्यो पुस्ता हौं, जसले भिसिआर प्रविधिबाट दशैंमा गाउँभरीका मन्दिरमा जम्मा भएर धार्मिक फिलिम हेर्‍यौं। सिडी प्लेयर र डिभिडी भाडामा ल्याएर सिनेमा हेर्‍यौं। भिसिआर, सिडी, डिभिडी, ब्लूरे, हुँदै यूट्युब र टेलिग्रामको अनुभव लिने यही पुस्ता हो।
- हामी त्यो पुस्ता हौं, जसले बर्षातमा धान रोपिसकेपछि हिलोले खाएका खुट्टा सुकाउन चिसो भूस बालेर धुँवा ताप्यौं।
- हामी नै त्यो पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै छतमा पानी हालेर चिस्याएपछी गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा एउटा स्टेन्ड फेन चारैतिर घुम्ने बनाएर सबैलाई बराबर हावा बाडेर पनि सुत्यौं । बिहान घाम झुल्किसकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रा सुतिरह्यौं ।
- हामी त्यो पुस्ता हौं, जसले रातबिरात मकैको खोइला, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राको बालेर कोसौं दुर टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं।
- हामी त्यो अन्तिम पुस्ता हौ जसले बारीमा फलेका काक्रा अमिला, अमला बाँडेर खायौं।
- हामी त्यो पुस्ता हौ जस्ले स्कूलमा जादा नुन, चिनी चुकको नास्ता खाने। 
- हामी त्यो पुस्ता हौं, जसले स्कूल हुँदा आफ्ना दाजुभाइ दिदी बैनी संग बोल्दा जिस्काएर मार्न खोज्ने ।
- हामी त्यो पुस्ता हौं, जसले कक्षामा पढिरहेका साथीलाई काउसो लगाएर बेहाल पार्ने ।
- हामी त्यो पुस्ता हौं जसले धारा, पँधेराबाट पानी बोकेर खाएको छ।
- हामी त्यो पुस्ता हौं, आफुलाई जुन  साथीसँग रिस उठेको छ उसको अर्को कुनै व्यक्तिसंग नाम जोडेर व्ल्याक बोर्ड र केतुकीको पातमा नाम लेख्दिने, बिचरा उसलाई पत्तो पनि हुदैन कठै किन जोडे भन्ने।
- हामी त्यो  पुस्ता हौं, जसले सरले पढाउन ल्याएका चक चोरेर राख्ने अनि बाटोका ढुंगामा लेख्दै घर पुग्ने।
- हामी त्यै पुस्ता हौं, रातीमा फोर्साको सीठाको राँको बालेर तीजका गीत भजन मा नाच्न पुग्ने।
- हामी त्यो पुस्ता हौं, जसले बिहान भटौरा, मटर खान पायो र हाटबजारमा जुलेबी(जेरी) खान पाए धेरै खुसी हुने।
- हामी त्यो पुस्ता हौं, जो आफ्नै कक्षाका केटा केटी साथी पनि नबोल्ले।
- हामी त्यो पुस्ता हौं, जो घण्टौं हिडेर मेला हेर्न जान्थ्यो।
- हामी त्यो पुस्ता हौं, जसले गाउँभरीका जम्मा भएर गाईभैसी चराउन जान्थ्यौं।
- हामी त्यो पुस्ता हो, जसले झुम्राको फुटबल खेलिन्थ्यो।
- हामी त्यो पुस्ता हौं, जसले थोरै थोरै उठाएको पैसाले किनेको फुटबल फुटेपछि ब्लाडर हालेर खेल्न सकिने सम्म खेलिन्थ्यो। 
- हामी त्यो पुस्ता हौं, जसले खाली खुट्टा गिट्टी बालुवा भएको फिल्डमा फुटबल खेलिन्थ्यो।
- हामी त्यो पुस्ता हौं, जसले रोटीमा चिनी हालेर बेरेर खाइन्थ्यो।
- हामी त्यो पुस्ता हौं, जसले बिहानको भात साँझ स्कुलबाट फर्केपछि र साँझको भात बिहान भुटेर खाइन्थ्यो।
- हामी त्यो पुस्ता हो, जसले कुँडेको कुरौनी र घ्यू तताउँदाको बिलौनी खुब मीठो मानेर खाइन्थ्यो।

यहाँ भएका सबै अनुभव मेरो मात्र नभएर विभिन्न मित्रहरू सँग कुराकानी गर्दा, सामाजिक संजालमा ब्यक्त अभिव्यक्तिहरू समेटेर बनाइएको हो। त्यसकारण यसलाई म लेखन नभनेर संकलन भनेको छु। पक्कै पनि यी मात्र अनुभव होइनन् धेरै मौलिक र फरक अनुभव हामीले गरेका हुन सक्छौं त्यसलाई कमेन्टमा थपिदिनु भयो भने म अद्यावधिक गर्न समर्थ हुन्थें। 

Comments

  1. Ma vanda ek pusta paxi parexau kya ho
    Hami ta duddhi ( Chalk) le eslate ma lekheu
    Chalk lai dhulo parera narkat ko kalam banayera tesle lekheu
    4 class ma gayera ABCD padheu
    Half paint lagyera bina chappal school gayau
    5 class samma bora/plastic ma basera padheu
    School banauna 2 KM tadha dekhi Itta bokera lyayau
    Pankha ko thau ma haat wala pnakha chalyera raat katayau
    72 dina samma dhan ropeyu, mangsir bata dhan katna suru garera magh samma kateyu ra baisakh ma dhaan dai gareu, Dui jana le tanna (bedhseet) side side ma samtera hawa diyera daai gareko dhaan safa gareu
    Geet sunna chepto tawa jastai casset ma geet suneu

    Hami tyo pusta hau kasai ko ma cycle auda usko gharma tati lagera herna jantheu..

    ReplyDelete
  2. हामि एउटै पुस्ताका परेछौ है 😊😊

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...