Skip to main content

नक नक (विश्वकप फुटबल)

गत राती विश्वकप फुटबलमा ब्राजिल हारेपछि मन दुखाउँदै सुतेको थिएँ। निद्रा त के लाग्थ्यो तर पनि हे विश्कप माता अब हुने खेलमा नेदरल्याण्ड्सलाई जिताइदेउ भनेर सुतें। बिहान झिसमिसेमा उठेर मोबाइल हेर्दा सात समुद्र पारी देखि बिरोधी टिमका साथीले म्यासेज गरेका रहेछन् नक नक भनेर। मन मिल्ने साथी भएपछि यति शब्दले पनि धेरै बुझिन्थ्यो। साथीले देख्यौ तिम्रो टिम हार्‍यो मेरो टिमले जित्यो भन्ने फुर्तिको म्यासेज हो यो।  FOT Mob एप खोलेर हेर्न पर्दैन अब जसले नजितोस् भनेर सुतेको त्यसैले जितेछ भन्ने मनले बुझिसक्यो। 
ब्राजिल हारेर बनेको घाउमा साथीले नुनचुक दलिदिए पनि मन कमजोर छैन। साँझ पोर्चुगललाई जिताएर मन भुलाइन्छ भन्ने आशा छ। क्रोयशियाले आउने खेलमा तिम्रो टिमलाई ढलाउँछ भन्न मन थियो तर खुसी हुन दिम १-२ दिन भनेर छाड्दिन मन लाग्यो।

हुन त आफ्नो टिमले जितेर साथीहरूको टिमले हार्दा तात्तातै फ‍ोन
 गरेर उडाएकै हो। साथीहरूलाई उडाउन आफुले बाँकी नराखे पछि उनीहरूले पनि मौका पाउँदा किन छाड्थे भनेर चित्त बुुझाइयो।
 विश्वकप फुटवल चलिरहेको छ। फुटबल मन पर्नेहरूलाई यो ४ पर्वमा आउने अपूर्व चाड हो। चुनावको वेला राजनीतिक सरगर्मी बढेझैं विश्वकपको बेला फुटबलको सरगर्मी बढेको हुन्छ। चिया पसल देखि सामाजिक सञ्जालमा फुटबलको चर्चा देख्दा मन रोमाञ्चित हुन्छ। 
फुटबलको शक्ति पनि अचम्मको छ। चुनावमा पटक्कै नमिलिने साथीहरू पनि फुटबलमा एउटै टिमतिर लागिन्छ। जिग्रीहरूलाई पनि फुटबलले दुई ध्रुबमा बाँड्छ। घरमै श्रीमती र म ब्राजिल तिर लाग्दा छोरीले मेरो टिम त पोर्चुगल भनेर रमाउँछिन्।

यस्तै रमाइलोले गर्दा १९९८ को विश्वकप देखि निरन्तर पछ्याइरहेको छु। विश्वकपको मज्जा भनेकै साथीहरू यो टिम र त्यो टिम भनेर बाँडिएर फुटबल हेर्दा लाग्छ।
विश्वकपमा खुसी र दुखको समीकरण
-आफ्नो टिमले जित्दा खुसी लाग्ने 
-आफ्नो टिमले जितेर साथीहरूको टिमले हार्दा झन् खुसी लाग्ने 
-आफ्नो टिमले हार्दा दुख लाग्ने
-आफ्नो हारेर साथीकोे जित्दा सहिनसक्नु दुख लाग्ने 
विश्वकपमा समर्थन चक्र
-पहिलै देखि मन परेको सधैं मन पर्ने।  (ब्राजिल)
-आफ्नो टिमलाई जितिरहनेलाई पटक्कै मन नपर्ने (फ्रान्स)
-ब्राजिल मन परेपछि अर्जेन्टिनाको खेदो खन्नै पर्ने
-मन नपर्ने टिमको बिरोधमा जुन टिम भए पनि समर्थन गरिने
(क्रोयसिया)  
-मन नपर्ने टिम भए पनि आफ्नो क्लबबाट खेल्ने खेलाडीको माया लाग्ने टिमले नजितोस् तर उसले गोल गरोस् भन्ने लाग्ने (लुका मोड्रिच, डि मारिया)
-आफ्नो मन पर्ने खेलाडीले गोल गरेरै जिते हुन्थ्यो भन्ने लाग्ने (आफै चिन्नुस्)
-आफ्नो मन पर्ने खेलाडीको प्रतिस्पर्धीले गोल नगरे हुन्थ्यो भन्ने लाग्ने (चिन्नुस्)
-मन पर्ने देशले जित्दा पनि मन नपर्ने क्लबक‍ो खेलाडीले गोल नहाने हुन्थ्यो जस्तो हुने
- मन पर्ने देशको प्राथमिकता क्रम हुने (पहिलो ब्राजिल त्यसपछि पोर्चुगल)
-आफ्नो महादेशको भनेपछि माया लाग्ने (जापान, कोरिया)
 
यस्तै रोमाञ्चक प्रतिस्पर्धाले दिन रात नभनी फुटबल हेरिन्छ।  बिश्वकप नहेरी बस्न सकिन्न। राती उठेर आँखा मिच्दै फुटबल हेरिन्छ ।
रोमाञ्चक संस्मरण
१२ बर्ष अघि विश्वकप फुटबलको खेल चलिरहेको थियो। हामी विश्वविद्यालय पढ्ने क्रममा कीर्तिपुर बस्थ्यौं। हामी बस्ने कोठामा भेटघाट गरौं अनि संगसंगै फुटबल पनि हेरौं भनेर अर्जेन्टिनाका फ्यान प्रिय साथीहरू आए। साँझ पख अर्जेन्टिना र जर्मनीको खेल थियो दिनभर अर्जेन्टिनाको गुणगान गाएर दंग थियोे। विश्वकप त मानौ अर्जेन्टिनाको लागि नै आयोजना गरिएको हो। सुनिनसक्नु, भनिनसक्नु थियोे दिनभर । 
जब साँझ पर्‍यो हतारहतार खाना पकाउन थालियो। जर्सीको रङ मिल्छ भनेर डिडिसीको दही खानैपर्छ भन्ने दावी आयो। बेसार नहालम तरकारीमा भने साथीहरूले ब्राजिल जस्तो लाग्छ रे। अफ सिजनको सुन्तला समेत खाएनन् प्रिय साथीहरूले नेदरल्यान्डसको झल्को आउँछ रे।  जसोतसो साथीहरूको मन राखी राखी खाइयो। 
खेल शुरू भयो अनि साथीहरूको हुटिङ पनि, गोल जर्मनीले हान्यो। बोली अलि सुस्त भयो । क्रमशः ४ गोल खायो १ गोल हान्यो । राति भएर साथीहरूको अनुहारको रंग देखिएन। साथीहरू रेफ्रीलाई दोस देखाउँदै थिए। पीडामा रहेका साथीलाई राति के भन्ने भनेर सुतियो। 
बिहान खेलको कुरा गर्न पर्ला भनेर सँगसँगै सुतेका साथीलाई बोलाउन थालेको छ। चाँइचुई छैन। शौचालय गएछन् कि भनेर पर्खे, अहँ आएनन्। झोला नि छैन। सँगसँगै सुतेको साथीले थाहा नपाउने गरि २ जना साथीहरू कता लागेछन् भनेर फोन गरेको हामी त मुङलिन पुग्न थालेम रे ! खेल समीक्षा गर्न पर्ला भनेको त साथीहरू ४ बजे बिहानै उठेर घर तिर भागेछन्। 
#जय_फूटबल 
#जय_विश्वकप

Comments

  1. मन पर्ने टिमको हारसँगै बिश्वकपको सिजन पनि समाप्त भएजस्तो लाग्ने रहेछ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१)मा सहकारी क्षेत्र

नेपालको पन्ध्रौं योजना (२०७६/७७ देखि २०८०/८१) मा सहकारी क्षेत्र                                                                               - दामोदर पंगेनी नेपालले राष्ट्रिय योजना आयोग मार्फत आवधिक रुपमा योजना निर्माण गरी कार्यान्वयन गर्दछ। वि.सं. २०१३ साल देखि निरन्तर पञ्चवर्षिय र त्रिवर्षिय योजना मार्फत देश विकासका लागि योजना निर्माण गर्दै कार्यान्वयन गरिरहेको परिप्रेक्ष्यमा पन्धौं योजना (२०७६/७७ देखि २०८०/८१) चालु आर्थिक बर्ष देखि कार्यान्वयमा रहेको छ। राष्ट्रिय योजना आयोगले १४ औं योजना (२०७३/७४ देखि २०७५/७६) लाई समीक्षा गर्दै चालु पन्ध्रौं योजनामा सहकारी क्षेत्रका लागि निर्धारण गरेका लक्ष्य, उद्देश्य, रणनीतिहरु र कार्यनीतिहरु निम्न अनुसार रहेका छन्।  १४ औं योजनाको अन्त्यमा राष्ट्रिय योजना आयोगले सहकारी क्षेत्रलाई यसरी समीक्षा गरेको छ। आ.व. २०७४/७५ मा सहकारी संस्थाको ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...