Skip to main content

सहकारी बिभागको KYM सम्बन्धि सूचना

Comments

Popular posts from this blog

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋ...

‘रुपन्देही–जिल्ला एक परिचय अनेक’

–दामोदर पंगेनी एसियाका ज्योति गौतम बुद्धको जन्मस्थल पवित्र धार्मिक स्थल लुम्बिनीलाई आफ्नो मुटुमा संगालेको ‘रुपन्देही’ नेपालको एक महत्वपूर्ण जिल्लाको रुपमा परिचीत छ । पश्चिमाञ्चल विकासक्ष्ँेत्रको लुम्बिनी अञ्चलमा पर्ने रुपन्देही १३६० वर्ग किमी ओगटेको मध्यम आकारको जिल्ला हो । नेपालको सवभन्दा लामो महेन्द्र राजमार्गले पूर्व पश्चिम काटेको र अर्को महत्वपूर्ण सिद्धार्थ राजमार्ग यसै जिल्लाको वेलहिया देखि शुरुवात हुनुको साथै जिल्ला सदरमुकाम भैरहवामा विमानस्थल रहेको छ । जातिय तथा भाषिक विविधता बोकेका नेपालका अन्य जिल्लाझै यस जिल्लामा पनि विभिन्न जातजाति तथा भाषाभाषिको वसोवास रहेको छ । वसोवासको बनौट हेर्दा जिल्लाको पूर्वोत्तर भागमा पहाडी मूलका र पश्चिमी भागमा आदिवासी थारु जातिको बाहुल्यता रहेको छ । राजनीतिक दृष्टिकोणले यस जिल्लालाई सात निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ भने यस जिल्लामा कुल ६९ गाविस तथा बुटवल र सिद्धार्थनगर गरी २ नगरपालिका रहेका छन् । ७,०८,४१९ जनसंख्या रहेको जिल्लामा जनसंख्या मध्ये ६६.२ प्रतिशत जनसंख्या साक्ष्ँर रहेको छ । मुख्यतः लुम्बिनी अञ्चलका अन्य जिल्लाका साथै गण्डकी र ...

नक नक (विश्वकप फुटबल)

गत राती विश्वकप फुटबलमा ब्राजिल हारेपछि मन दुखाउँदै सुतेको थिएँ। निद्रा त के लाग्थ्यो तर पनि हे विश्कप माता अब हुने खेलमा नेदरल्याण्ड्सलाई जिताइदेउ भनेर सुतें। बिहान झिसमिसेमा उठेर मोबाइल हेर्दा सात समुद्र पारी देखि बिरोधी टिमका साथीले म्यासेज गरेका रहेछन् नक नक भनेर। मन मिल्ने साथी भएपछि यति शब्दले पनि धेरै बुझिन्थ्यो। साथीले देख्यौ तिम्रो टिम हार्‍यो मेरो टिमले जित्यो भन्ने फुर्तिको म्यासेज हो यो।  FOT Mob एप खोलेर हेर्न पर्दैन अब जसले नजितोस् भनेर सुतेको त्यसैले जितेछ भन्ने मनले बुझिसक्यो।  ब्राजिल हारेर बनेको घाउमा साथीले नुनचुक दलिदिए पनि मन कमजोर छैन। साँझ पोर्चुगललाई जिताएर मन भुलाइन्छ भन्ने आशा छ। क्रोयशियाले आउने खेलमा तिम्रो टिमलाई ढलाउँछ भन्न मन थियो तर खुसी हुन दिम १-२ दिन भनेर छाड्दिन मन लाग्यो। हुन त आफ्नो टिमले जितेर साथीहरूको टिमले हार्दा तात्तातै फ‍ोन  गरेर उडाएकै हो। साथीहरूलाई उडाउन आफुले बाँकी नराखे पछि उनीहरूले पनि मौका पाउँदा किन छाड्थे भनेर चित्त बुुझाइयो।  विश्वकप फुटवल चलिरहेको छ। फुटबल मन पर्नेहरूलाई यो ४ पर्वमा आउने अपूर्व चाड ह...