Skip to main content

कोरोना भाइरसको कहरले स्थगित एसईई र हामी नागरिकको जिम्मेवारी

चिया गफ गरिरहेको समयमा साथीहरुबीच आजकाल रेडियोमा बिहानको कायाकैरन देखि रातको बिबिसी सम्म, जुनसुकै टिभि, पत्रिका, अनलाईन मिडिया र सामाजिक सञ्जाल हेर्दा चीनमा यति जना, इटाली, स्पेन, इरान लगायतमा यति जन मान्छे मरेको समाचार सुन्दा सुन्दा दिक्क लागेको कुराकानी भइरहँदा सञ्चारमाध्यमले समाचार ब्रेक गरेका छन् प्रवेशिका परीक्षा एसईई स्थगित भएको छ। 

परीक्षा केन्द्रबाट नजिक घर भएका विद्यार्थी बाहेक टाढा परीक्षा केन्द्र भएको कारणले परीक्षाको अघिल्लो दिनसम्ममा सबै विद्यार्थी आफन्तका घरमा, होटलमा पुगेर बसिसकेको बेला भइसकेपछि मात्र परीक्षा रोकिएको खबर आउनु बिरामी प्रधानमन्त्रीको नेतृत्वको सरकारले बेलैमा निर्णय गर्न नसकेको कारणले विद्यार्थीले पाएको दुख एकातिर हुँदाहुँदै पनि परीक्षा भन्दा सबैको ज्यान ठूलो मानेर अघि बढ्नु नै सबैको लागि राम्रो नै देखिन्छ। 

२१ औं शताब्दीमा देशले भोगेको सबैभन्दा कठिन समय १० वर्षे द्वन्द्वमा समेत यति नजिक आईसकेर स्थगित नभएको एसईई रोकिँदा देशमा त्रासको पारो निकै माथि पुगेको छ। स्वास्थ्यका पूर्वाधारको हिसावले, नागरिकको प्रतिब्यक्ति आयको हिसावले, संरचनाको हिसावले सम्पन्न इटाली, स्पेन, अमेरिका जस्ता देशमा फैलिईसकेको कोरोना शुरु भईसकेपछि रोक्न नेपाल जस्तो देशको लागि निकै कठिन काम हो, त्यसकारणले रोग फैलिन नदिनका लागि सावधानीका लागि नेपाल सरकारले केही छिटो गर्नु पर्ने निर्णय ढिलै भए पनि गरेको छ। तत्कालका लागि एसईईको परीक्षा स्थगित हुनु ठूलो र अप्रिय घटना लागे पनि नेपाल सरकारले विदेश तिर भनिने गरेको लक डाउन कै हाराहारीको गर्नै पर्ने निर्णय गरेको छ। 

अब हामी नागरिकले के गर्ने?
कोरोना कसरी सर्छ भन्ने बारेमा, कसरी सुरक्षित भन्ने बारेमा
सरकार, निजी क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, सहकारी सबैले सहकार्यमा कोरोना भाइरस कसरी सर्छ, लक्षण के के हुन्छन्, भाइरसबाट सुरक्षित रहने तरिका के के हुन्छन्, कोरोना भाइरसबाट कसरी बच्ने कसरी अरुलाई बचाउने भन्ने बारेमा सूचना प्रसार प्रसार भईरहेको छ। अब विश्वभरको अनुभव हेर्दा हामी प्रचार प्रसारको कदम भन्दा अझै कडा कदम चालिहाल्नु पर्ने स्थिति आएको स्पष्ट छ।

हामी नागरिकले विभिन्न संचार माध्यमबाट सूचना पाइरहेका छौं । विकसित, सुविधासम्पन्न बिभिन्न देशमा नागरिकले गरेका साना असावधानीले धेरैको ज्यान लिइसकेको छ। हामीले अरुको गल्तीबाट सिक्नै पर्छ अरु देश र अरु देशका नागरिकले गरेका ती कुनै असावधानी दोहोर्‍याउनु हाम्रो देशको लागि अक्षम्य हुन्छ। 

कमजोर स्वास्थ्य पूर्वाधार, स्वास्थ्य प्राविधिकको अभावको कारणले अरु देशमा जस्तो स्थिति आएमा हामी बिचल्ली हुने छौं। लक्षण देखिएका विरामीलाई अरु बिरामी भन्दा टाढा राखेर उपचार गर्ने स्थल (आइसोलेसन वार्ड) बनाउने स्थल कहाँ हुने भन्ने बारेमा सरकारले समेत केही पहिल्याउन नसकेको अवस्थामा १६७ देशमा फैलिइसकेको र हाम्रो छिमेकी भारतको उत्तरप्रदेशको नजिकैको शहर लखनउ सम्म आइसकेको हुनाले कहिलेकाँही रोमाञ्चका लागि भनिने गरेको हाम्रो देशले नसके अरु देशले त हाम्रो गरीव देशलाई हेर्लान् भन्ने तर्क पनि यसपटक उपयुक्त छैन किनकी सबै विकसित र सम्पन्न भनिने देश पनि आफ्नै देशमा यही समस्याबाट जुधिरहेका छन् । त्यसैले हामी एकताबद्ध भईमात्र यो विश्वभर फैलिएको महामारी संग लड्न सकिन्छ। हामी नेपाली र नेपाल संग भएको विकल्प भनेको रोग लागिसकेपछि उपचार खोज्ने होइन रोग लाग्न नदिन पूर्ण प्रयास गर्नु नै हो।

यो रोगको डरलाग्दो पक्ष भनेको मान्छेबाट मान्छेमा सर्नु हो। मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोगबाट बच्ने प्रमुख उपाय भनेको अन्य मानवको पहुँचबाट टाढा रहनु हो। अन्य मावन संग भेटघाट गर्नु पर्दा, अन्य मानवले प्रयोग गरेका सामाग्री प्रयोग गर्नु पर्दा रोगबाट बच्न पूर्ण सावधानी अपनाउनु हो। त्यसैले विद्यालय, क्याम्पस, रेष्टुरेन्ट, सिनेमाहल लगायतका बढी मावन भेटघाट हुने स्थानलाई बन्द गर्नु परेको हो। केही समयका लागि परीक्षा सरेर, सिनेमा नहेरेर, पार्कमा नघुमेर, होटल, रेष्टुरेण्टमा नगएर, भेला, सभा, गोष्ठी, उत्सव, बिवाह ब्रतबन्ध जस्ता कामलाई रोकेर हामी पछाडि पर्ने छैनौं। 

यस्तो अवस्थामा हामी नागरिकले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर नजाने, घरमा सुरक्षाका उपाय सहित बस्ने, समस्यामा परेका छिमेकीलाई सहयोग गर्नु, स्वास्थ्य कर्मी, स्वयंसेवक र सुरक्षाकर्मीहरुको हौसला बढाउने, सरकार र स्वास्थ्य संस्थाले जारी गरेका सूचनाको पालना गर्ने, त्रसित गराउने भन्दा पनि सावधान गराउने काम गरेर हामीले कोरोना भाइरससंग मानवताको लडाइमा सहभागी हुन सक्दछौं। मानवता नै भाइरससंग लडेको बेलामा केही सामान स्टक भएका र दुषित मन भएकालाई लाग्ला यो समय सामानको दरभाउ बढाएर, कालाबजारी गरेर पैसा कमाउने बेला हो, तर पैसालाई मानवता संग साट्न खोज्नेले सम्झे हुन्छ यसरी कमाएको सम्पत्ति देखाउने छिमेकीलाई रोग लाग्यो भने तपाई पनि त्यसको चंगुलबाट बच्न कठिन होला र बचेको खण्डमा पनि कमाएको सम्पत्ति मानव कंकाललाई देखाउँदा रमाइलो पक्कै हुने छैन।

आउनुस् हामी सबै मिलेर कोरोना भाइरस संग लडौं, आफू बचौं र अरुलाई पनि बचाऔं । 

जय नेपाल !

Comments

Popular posts from this blog

गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं ।

- गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं । दामोदर पंगेनी  महासचिव-जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही रुपन्देही जिल्ला सहकारीको उर्वर भूमि हो। १ जिल्ला सहकारी संघ, ५ वटा विषयगत सहकारी संघ, १ विशिष्टीकृत सहकारी संघ तथा ९०० भन्दा बढी प्रारम्भिक सहकारी संस्था क्रियाशील रहेको रुपन्देही सहकारी सदस्यको विशाल संगठन निर्माण गर्न र ठूलो पूँजी निर्माणमा सफल रहेको छ।  रुपन्देही जिल्ला प्रशासनिक दृष्टिकोणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जनसंख्या भएको र आर्थिक गतिविधि हुने जिल्ला तथा भारतसंग कारोबारको दृष्टिकोणले बिरगञ्ज पछिको महत्वपूर्ण सीमा नाकाको रुपमा रहेको छ।रुपन्देही प्रदेशका अन्य ११ जिल्ला संग सडक यातायातको सञ्जालले जोडिएको छ। व्यापारिक दृष्टिकोणले भारतसंग बैदेशिक ब्यापारका साथै गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल मार्फत भारत बाहेकका देश संग ब्यापारिक सम्भावना युक्त रहेको छ। रुपन्देहीमा सहकारी क्षेत्रबाट पूँजी निर्माण भईसकेको, सहकारीको एक सशक्त संरचना बनिसकेको अवस्थामा सहकारी क्षेत्रले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने कार्य मात्रले सहकारी स्थापनाको उद्देश्य पुरा हुन सक्दैन। कृषि सहकारी, दुग

सहकारीको दिगोपनका लागि नीति तथा विधिमा आधारित सहकारीता

‍.   - दामोदर पंगेनी बित्तीय कारोबार गर्ने संगठित संस्था नपुगेका धेरै स्थानमा , ससानो पूँजीलाई एकत्रित गर्दै , स्थानीय व्यक्तिहरु संगठित भइ आत्मनिर्भरता , उत्पादन र स्वाभिमानका सहित संचालनमा रहेका सहकारीहरु माथि अहिले विभिन्न क्षेत्रबाट प्रहार भइ रहेको छ। धेरै ठुलो जनसंख्यालाइ बचत गर्ने बानी पारेको संस्था, संगठन चलाउन सक्ने नेतृत्व विकास गरेको र सेवासुविधा नपुगेको क्षेत्रमा अनेकौं सेवा सुविधाको पहुँच बृद्धि गरेको सहकारी क्षेत्रले गरेको कामलाई नजरअन्दाज गर्दै सहकारी भनेकै अव्यवस्था हो भन्ने चित्रण गराउने दुस्प्रयास भएको देखिन्छ । यस्तो हुनुमा सहकारी क्षेत्रलाई बदनाम गराउन सके व्यवसायिक प्रतिस्पर्धामा अगाडि जान सकिएला भनी दुराशय राख्ने पक्ष संगसंगै सहकारी क्षेत्रलाई समयानुकूल संचालन र व्यवस्थापन गर्न नसक्ने , नीति र विधिको सट्टामा मनमौजी , व्यक्तिवादी शैली पनि उत्तिकै जिम्मेवार छ। औपचारिक सहकारीको स्थापना विश्वको तुलनामा ढिलोमात्र शुरु भएको नेपालमा शुरुवाती समयमा जनसमुदायलाई संगठित गरी समुदायमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी सहकारी संस्था स्थापना गर्नु नै ठूलो सफलताको विषय रहे

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋणी स