Skip to main content

नदीजन्य सम्पदा र स्थानीय निर्वाचन

-दामोदर पंगेनी

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ सालमा जारी भई देशमा ३ तहको सरकारको संरचना लागू भएपछि निर्वाचनबाट गठन भएको पहिलो स्थानीय सरकारको समयावधि समाप्त भई दोस्रो स्थानीय सरकारको निर्वाचनका लागि १ महिना भन्दा कम अवधि बाँकी रहेको समयमा विगतका जनप्रतिनिधिहरुले गरेका कामको समीक्षा र आगामी दिनमा गर्नु पर्ने कामको बारेमा मतदाता, राजनीतिकर्मी र आम जनसमुदायबीचमा महत्वपूर्ण विषयको रुपमा छलफलमा रहेको छ।

विगतमा गरेका अनेकौं कामहरुको समीक्षा बीचमा स्थानीय सरकारले नदीजन्य पदार्थको उत्खनन्, उपयोग, बिक्रीमा देखाएको क्षमताको विषय पनि जोडतोडका साथमा उठिरहेको छ। आमनिर्वाचनको सरगर्मीको बीचमा पालिकाहरुको स्थानीय आम्दानी मध्ये सबैभन्दा ठूलो आम्दानीको स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको उत्खनन्, उपयोग र बिक्रीलाई व्यवस्थित ढंगले संचालन गर्न सकेमा मात्र स्थानीय सरकारले गर्ने विकास निर्माणका लागि चाहिने पैसा स्थानीय स्तरमै संकलन हुने हुनाले पनि नदीजन्य पदार्थको उत्खनन्, उपयोग, बिक्री, त्यसको आम्दानीको बारेमा आमजनता, मतदाता र राजनीतिकर्मीहरुले विशेष ध्यान दिन जरुरी छ। 

नेपालको संविधान २०७२ जारी हुनु अघि र जारी भईसकेपछि जिल्ला र पालिकाहरुले खोला नदीका नदीजन्य पदार्थको विक्रीका लागि बोलपत्र आह्वान गरेको देखे सुनेका छौं। अनवीकरणीय प्राकृतिक स्रोतको रुपमा रहेको ढुंगा, बालुवा, गिट्टीको व्यवस्थित उत्खनन् र बिक्रीका लागि संघीय सरकारले क) ढुंगा गिट्टी, बालुवाको नियमन सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७०।०३।२७ र मिति २०७०।०५।१७ को निर्णय, ख) रोडा, ढुंगा, गिट्टी, बालुवाको उत्खनन् तथा संकलनलाई नियमन गर्ने सम्बन्धी नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७१।०४।११ को निर्णय, ग) ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धमा नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७२।१०।२० को निर्णय, घ) ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धमा नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०७५।०६।२८ हुँदै अहिले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ लागू गरेको छ। 

हाल लागू रहेको ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ३ ले नदीजन्य पदार्थ उत्खनन् वा संकलनका लागि क्षेत्र निर्धारण गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नु पर्ने, नदीजन्य पदार्थ थुप्रिन गई सोको कारणले वस्ती तथा भौतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुन सक्ने अवस्था सिर्जना भएमा जिल्ला विपद् व्यवस्थापन समितिले हटाउने सिफारिस गरेमा र अन्य उपयुक्त स्थलबाट मात्र उत्खनन् र बिक्री वितरण गर्न सकिने व्यवस्था गरेको छ। दफा ७ मा त्यसरी उत्खनन् गरिएको नदीजन्य पदार्थलाई बिक्री वितरण गर्दा ठेक्का लिनेले तोकिएको स्थलमा स्वीकृत परिमाण भन्दा बढी उत्खनन र संकलन नदिन प्राविधिकबाट नियमित नाँप जाँच एवं अनुगमन गरी यदि स्वीकृत परिमाण भन्दा बढी देखिएमा तत्कालै उत्खनन् र निकासी रोक्ने प्रावधान रहेको छ। 

लागू कानूनको उद्देश्य वातावरणलाई कम भन्दा कम हानी हुने गरी नदीजन्य पदार्थ उत्खनन गर्ने र नदीजन्य पदार्थको बजारको प्रचलित सम्पूर्ण मूल्य सरकारी राजस्व खातामा जाओस भन्ने नै हो। तर व्यवहारमा प्रश्न टड्कारो छन् । जनता, मतदाताको मनमा प्रश्न छन्ः के स्थानीय पालिकाले नदीजन्य पदार्थको पुरा मूल्य पाएका छन् ? के ठेक्का प्राप्त गर्ने पक्षले सम्झौतामा उल्लेख गरे बमोजिम मात्र नदी जन्य पदार्थ लैजान्छन् ? के नदीजन्य पदार्थको ओसारपसार कानूनको मर्म बमोजिम नै भएको छ ? के नदीजन्य पदार्थको उत्खनन्, उपयोग र बिक्री पारदर्शी छ ? के ठेक्का प्राप्त गर्नेले ठेक्कामा उल्लेख गरेको रकम मात्र बुझाएर नदीजन्य पदार्थ लैजान पाउँछन् ? यस्ता अनेकौं प्रश्न मतदाता समक्ष छन् तर हालका प्रावधान र व्यवहारले मतदाताका प्रश्नको उत्तर चित्त बुझ्दो गरी दिन सकेको छैन।

Symbolic photo of River
त्यसैले आगामी दिनमा पालिकाहरुले आन्तरीक कार्यविधि बनाई नदीजन्य पदार्थको कारोबारलाई पारदर्शी, व्यवस्थित र सुशासन युक्त बनाउन जरुरी छ। नदीजन्य पदार्थको कारोबारलाई पारदर्शी बनाउन पालिकाहरुले नदी खोला क्षेत्रलाई सामान्य अवस्थामा उत्खनन् प्रतिवन्धात्मक क्षेत्र घोषणा गर्नु पर्दछ। खोला नदीमा कुनै पनि उत्खननजन्य र ढुवानीजन्य साधनलाई पस्न बन्देज लगाउनु पर्दछ। नदीजन्य पदार्थ उत्खनन् गर्नलाई बहुपक्षीय सरोकारवालाहरुको नागरिक आयोग गठन गरी प्राविधिकबाट अध्ययन गराई कति परिमाणमा कुन स्थानबाट उत्खनन गर्न सकिन्छ पहिचान गर्नु पर्दछ। पहिचान गरिसकेपछि सार्वजनिक रुपमा निश्चित दिन निर्धारण गरी नागरिक आयोगको पूर्ण निगरानीमा खोला नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी कुनै स्थानमा भण्डारण गर्नु पर्दछ। एकैपटकमा उत्खनन् गर्दा परिमाण ठूलो हुने र सुरक्षाको लागि सिसि क्यामेरा जडान गर्ने, प्रविधि प्रयोग गर्ने तथा प्रहरी प्रशासन समेत परिचालन गर्नु पर्दछ।

नागरिक आयोगको सहभागितामा संकलित नदीजन्य पदार्थलाई २ अंश लगाई पहिलो अंश पालिकाका जनतालाई जोखिमको आधारमा निशुल्क वितरण देखि सहुलियत दरमा बिक्री गर्ने र दोस्रो अंश आम्दानीका लागि व्यापारिक प्रयोजनका लागि बिक्री गर्नु पर्दछ। हेक्का रहोस् नदीजन्य पदार्थमा पहिलो हक खोला नदी किनारामा सधैं जोखिममा बस्ने जनताको हुनु पर्दछ। खोला–नदी आफ्नो खेत घर किनारबाट बगेको छ, जेठ देखि असोज सम्म न दिउसो न राती, हर प्रहर बाढीको त्रासमा बाँचेको छ तर उसले गिट्टी, बालुवा, ढुंगाका लागि हजारौं तिर्नु पर्दछ। निशुल्क पाउनु पर्ने नागरिकको मागमा स्थानीय सरकारले भन्छ यो तपाईको व्यक्तिगत सम्पत्ति होइन। पालिकाको सम्पत्ति हो। घर खेत छेउबाट बगेको नदी खोलालाई पालिकाको मात्र सम्पत्ति भन्ने प्रतिनिधि र कर्मचारीहरु अब तयार रहनु नदी पालिकाको सम्पत्ति हो र त्यसमा जोखिम सहेर बस्ने स्थानीयको केही हक अधिकार लाग्दैन भने भविश्यमा पालिकाको सम्पत्ति खोला नदीले स्थानीयको व्यक्तिगत खेत, घर बगाउने, बाली नोक्सानी गर्‍यो भने , व्यक्तिको ज्यान लियो भने पालिकाले व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्दछ। कुनै एक व्यक्तिको सम्पत्तिले अन्य व्यक्ति वा संस्थाको सम्पत्तिलाई क्षति गराउने अधिकार कसैलाई छैन। आफ्नो धन सम्पत्तिको सुरक्षा र संरक्षणको अधिकार नेपालको संविधानले सबै नागरिकलाई दिएको छ।

Flood in Rupandehi's History

सबै मतदाताहरुलाई हेक्का रहोस्, नदीजन्य पदार्थको कारोबारलाई पारदर्शी र सुशासित बनाउन सकिएन भने बर्षौ निष्ठाको राजनीति गरेर बसेका राजनीतिकर्मीहरुलाई पैसा खर्च नसक्ने असक्षमको र निर्वाचनका लागि अनुपयुक्त पात्रको पगरी भिराउँदै, उनैले बनाइदिएको संगठनमा पैसाको बलले छिरेर स्थानीय सरकारमा सत्तासिन हुन जति पनि खर्च गर्ने, जसरी पनि जित्न तयार हुने र चुनाव जितेपछि निर्वाचनमा बगाएको पैसालाई निर्वाचन पछि कानूनी छिद्र, नेक्सस र सेटिङको माध्यमबाट नदीजन्य पदार्थको दोहन गरी उठाउन सकिन्छ भन्ने राजनीतिक बिचौलियाले सिध्याउने छन् । जसले निर्वाचनलाई जनताको पक्षमा काम गरेका र गर्ने राजनीतिकर्मीहरुको पहुँच भन्दा पर लैजाने र निर्वाचनलाई पैसाको फोहोरी खेल बनाउँदै स्थानीय साधन स्रोत कब्जा गरी स्थानीय सरकारलाई पैसाको कमाउने धन्धा बनाउने छन्। हाम्रो घर खेत छेउबाट बगेको नदी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरी लैजानेले पैसा कमाउने छन्, दिनेले जनताको सम्पत्ति लुटाएर पैसा कुम्ल्याउँने छन् तर कुनै दिन २०३८ असोज १३ मा जस्तै बाढी, प्रकोप आई जनधनको क्षति भएमा दुखसुखमा साथ दिने हाम्रो वरिपरि कोही हुने छैनन्। चेतना भया।। 

Comments

  1. धेरै उत्कृस्ट लाग्यो बिचार

    ReplyDelete

Post a Comment

Popular posts from this blog

गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं ।

- गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं । दामोदर पंगेनी  महासचिव-जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही रुपन्देही जिल्ला सहकारीको उर्वर भूमि हो। १ जिल्ला सहकारी संघ, ५ वटा विषयगत सहकारी संघ, १ विशिष्टीकृत सहकारी संघ तथा ९०० भन्दा बढी प्रारम्भिक सहकारी संस्था क्रियाशील रहेको रुपन्देही सहकारी सदस्यको विशाल संगठन निर्माण गर्न र ठूलो पूँजी निर्माणमा सफल रहेको छ।  रुपन्देही जिल्ला प्रशासनिक दृष्टिकोणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जनसंख्या भएको र आर्थिक गतिविधि हुने जिल्ला तथा भारतसंग कारोबारको दृष्टिकोणले बिरगञ्ज पछिको महत्वपूर्ण सीमा नाकाको रुपमा रहेको छ।रुपन्देही प्रदेशका अन्य ११ जिल्ला संग सडक यातायातको सञ्जालले जोडिएको छ। व्यापारिक दृष्टिकोणले भारतसंग बैदेशिक ब्यापारका साथै गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल मार्फत भारत बाहेकका देश संग ब्यापारिक सम्भावना युक्त रहेको छ। रुपन्देहीमा सहकारी क्षेत्रबाट पूँजी निर्माण भईसकेको, सहकारीको एक सशक्त संरचना बनिसकेको अवस्थामा सहकारी क्षेत्रले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने कार्य मात्रले सहकारी स्थापनाको उद्देश्य पुरा हुन सक्दैन। कृषि सहकारी, दुग

सहकारीको दिगोपनका लागि नीति तथा विधिमा आधारित सहकारीता

‍.   - दामोदर पंगेनी बित्तीय कारोबार गर्ने संगठित संस्था नपुगेका धेरै स्थानमा , ससानो पूँजीलाई एकत्रित गर्दै , स्थानीय व्यक्तिहरु संगठित भइ आत्मनिर्भरता , उत्पादन र स्वाभिमानका सहित संचालनमा रहेका सहकारीहरु माथि अहिले विभिन्न क्षेत्रबाट प्रहार भइ रहेको छ। धेरै ठुलो जनसंख्यालाइ बचत गर्ने बानी पारेको संस्था, संगठन चलाउन सक्ने नेतृत्व विकास गरेको र सेवासुविधा नपुगेको क्षेत्रमा अनेकौं सेवा सुविधाको पहुँच बृद्धि गरेको सहकारी क्षेत्रले गरेको कामलाई नजरअन्दाज गर्दै सहकारी भनेकै अव्यवस्था हो भन्ने चित्रण गराउने दुस्प्रयास भएको देखिन्छ । यस्तो हुनुमा सहकारी क्षेत्रलाई बदनाम गराउन सके व्यवसायिक प्रतिस्पर्धामा अगाडि जान सकिएला भनी दुराशय राख्ने पक्ष संगसंगै सहकारी क्षेत्रलाई समयानुकूल संचालन र व्यवस्थापन गर्न नसक्ने , नीति र विधिको सट्टामा मनमौजी , व्यक्तिवादी शैली पनि उत्तिकै जिम्मेवार छ। औपचारिक सहकारीको स्थापना विश्वको तुलनामा ढिलोमात्र शुरु भएको नेपालमा शुरुवाती समयमा जनसमुदायलाई संगठित गरी समुदायमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी सहकारी संस्था स्थापना गर्नु नै ठूलो सफलताको विषय रहे

सहकारीको ऋण असुली भएन! कानुनले के भन्छ?

सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई गरेको ऋण लगानी नै सहकारीको मूख्य सम्पत्ति हो । नेपाल जस्तो बचत तथा ऋण सहकारी संस्थाको बाहुल्य भएको देशमा सहकारी संस्थाले गरेको ऋण बेलैमा असुल हुन सकेन भने सिंगो सहकारी क्षेत्रलाई नै ठूलो असर पर्दछ । सहकारी संस्थाले गरेको ऋण लगानीको असुली निर्धारित अवधिमा हुन सकेन भने बचतकर्ताहरुको रकम जोखिमा पर्दछ र सिंगो संस्थाको बित्तीय र संस्थागत स्वास्थ्य संकटमा पर्दछ । सहकारीमा ऋण असुली सरल ढंगले होस् र सहकारी संस्था ऋणी असुलीको कारणले जोखिममा नपरोस् भनी सहकारी ऐन २०७४ को दफा ७९, ८०, ८३, ८४ र ८५ र सहकारी नियमावली २०७५ को दफा ३० देखि ३६ सम्ममा ऋण असुलीका लागि निम्न अनुसार कानूनी व्यवस्था रहेको छ । किस्ताको भाखा नाघेको तर ऋणको भाखा ननाघेको अवस्थामा  क) ऋण तिर्ने अवधि पुरा नहुँदै सहकारी संस्थामा राखेको धितोको मूल्यांकन घट्न गएमा (बाटो बनाउन, अन्य कुनै परियोजना संचालन गर्न, सरकारले अधिग्रहण गर्न सक्दछ, जमिनमा नदीले कटान गरेको, अन्य प्रकोप वा अन्य कुनै कारणले घट्न सक्दछ ।): १) ऋणी सदस्यलाई थप धितो राख्न लगाउन सकिने । २) ऋणी सदस्यले थप धितो राख्न नमानेमा ऋणी स