Skip to main content

Posts

Recent posts

गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं ।

- गौतमबुद्ध सहकारी ब्राण्ड स्थापित गरौं । दामोदर पंगेनी  महासचिव-जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही रुपन्देही जिल्ला सहकारीको उर्वर भूमि हो। १ जिल्ला सहकारी संघ, ५ वटा विषयगत सहकारी संघ, १ विशिष्टीकृत सहकारी संघ तथा ९०० भन्दा बढी प्रारम्भिक सहकारी संस्था क्रियाशील रहेको रुपन्देही सहकारी सदस्यको विशाल संगठन निर्माण गर्न र ठूलो पूँजी निर्माणमा सफल रहेको छ।  रुपन्देही जिल्ला प्रशासनिक दृष्टिकोणले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जनसंख्या भएको र आर्थिक गतिविधि हुने जिल्ला तथा भारतसंग कारोबारको दृष्टिकोणले बिरगञ्ज पछिको महत्वपूर्ण सीमा नाकाको रुपमा रहेको छ।रुपन्देही प्रदेशका अन्य ११ जिल्ला संग सडक यातायातको सञ्जालले जोडिएको छ। व्यापारिक दृष्टिकोणले भारतसंग बैदेशिक ब्यापारका साथै गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल मार्फत भारत बाहेकका देश संग ब्यापारिक सम्भावना युक्त रहेको छ। रुपन्देहीमा सहकारी क्षेत्रबाट पूँजी निर्माण भईसकेको, सहकारीको एक सशक्त संरचना बनिसकेको अवस्थामा सहकारी क्षेत्रले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने कार्य मात्रले सहकारी स्थापनाको उद्देश्य पुरा हुन सक्दैन। कृषि सहकारी, दुग

सहकारी बिभागको KYM सम्बन्धि सूचना

बाबा छोरीका कुरा

सहकारीको दिगोपनका लागि नीति तथा विधिमा आधारित सहकारीता

‍.   - दामोदर पंगेनी बित्तीय कारोबार गर्ने संगठित संस्था नपुगेका धेरै स्थानमा , ससानो पूँजीलाई एकत्रित गर्दै , स्थानीय व्यक्तिहरु संगठित भइ आत्मनिर्भरता , उत्पादन र स्वाभिमानका सहित संचालनमा रहेका सहकारीहरु माथि अहिले विभिन्न क्षेत्रबाट प्रहार भइ रहेको छ। धेरै ठुलो जनसंख्यालाइ बचत गर्ने बानी पारेको संस्था, संगठन चलाउन सक्ने नेतृत्व विकास गरेको र सेवासुविधा नपुगेको क्षेत्रमा अनेकौं सेवा सुविधाको पहुँच बृद्धि गरेको सहकारी क्षेत्रले गरेको कामलाई नजरअन्दाज गर्दै सहकारी भनेकै अव्यवस्था हो भन्ने चित्रण गराउने दुस्प्रयास भएको देखिन्छ । यस्तो हुनुमा सहकारी क्षेत्रलाई बदनाम गराउन सके व्यवसायिक प्रतिस्पर्धामा अगाडि जान सकिएला भनी दुराशय राख्ने पक्ष संगसंगै सहकारी क्षेत्रलाई समयानुकूल संचालन र व्यवस्थापन गर्न नसक्ने , नीति र विधिको सट्टामा मनमौजी , व्यक्तिवादी शैली पनि उत्तिकै जिम्मेवार छ। औपचारिक सहकारीको स्थापना विश्वको तुलनामा ढिलोमात्र शुरु भएको नेपालमा शुरुवाती समयमा जनसमुदायलाई संगठित गरी समुदायमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी सहकारी संस्था स्थापना गर्नु नै ठूलो सफलताको विषय रहे

नक नक (विश्वकप फुटबल)

गत राती विश्वकप फुटबलमा ब्राजिल हारेपछि मन दुखाउँदै सुतेको थिएँ। निद्रा त के लाग्थ्यो तर पनि हे विश्कप माता अब हुने खेलमा नेदरल्याण्ड्सलाई जिताइदेउ भनेर सुतें। बिहान झिसमिसेमा उठेर मोबाइल हेर्दा सात समुद्र पारी देखि बिरोधी टिमका साथीले म्यासेज गरेका रहेछन् नक नक भनेर। मन मिल्ने साथी भएपछि यति शब्दले पनि धेरै बुझिन्थ्यो। साथीले देख्यौ तिम्रो टिम हार्‍यो मेरो टिमले जित्यो भन्ने फुर्तिको म्यासेज हो यो।  FOT Mob एप खोलेर हेर्न पर्दैन अब जसले नजितोस् भनेर सुतेको त्यसैले जितेछ भन्ने मनले बुझिसक्यो।  ब्राजिल हारेर बनेको घाउमा साथीले नुनचुक दलिदिए पनि मन कमजोर छैन। साँझ पोर्चुगललाई जिताएर मन भुलाइन्छ भन्ने आशा छ। क्रोयशियाले आउने खेलमा तिम्रो टिमलाई ढलाउँछ भन्न मन थियो तर खुसी हुन दिम १-२ दिन भनेर छाड्दिन मन लाग्यो। हुन त आफ्नो टिमले जितेर साथीहरूको टिमले हार्दा तात्तातै फ‍ोन  गरेर उडाएकै हो। साथीहरूलाई उडाउन आफुले बाँकी नराखे पछि उनीहरूले पनि मौका पाउँदा किन छाड्थे भनेर चित्त बुुझाइयो।  विश्वकप फुटवल चलिरहेको छ। फुटबल मन पर्नेहरूलाई यो ४ पर्वमा आउने अपूर्व चाड हो। चुनावको वेला राज

स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा

- दामोदर पंगेनी देशै भरी २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको परिणाम आउने क्रममा रहेको छ। नतिजा आइसकेका पालिकामा जितेका उम्मेदवार र कार्यकर्ताहरु विजय उत्सव मनाईरहेका छन् भने मतदाता धेरै भएका पालिकामा मतगणनामा बसेका प्रतिनिधिहरुको मुटुको धड्कन बढिरहेको छ। लोकतन्त्रको राष्ट्रिय पर्वको रुपमा सम्पन्न स्थानीय निर्वाचनमा सहभागी भएका जनताले नवनिर्वाचित जनप्रतिनिधिहरुले प्रमाणपत्र ग्रहण र शपथ ग्रहण संगै आफ्नो कार्यभार सम्हाल्ने र जनतासंग गरेका बाचा पुरा गर्ने कार्यमा लाग्ने अपेक्षा गरेका छन्। जनप्रतिनिधिहरुले पुरा गर्नु पर्ने जनताका अनेकौं एजेण्डाहरुका बीचमा छाडा पशुपंछी व्यवस्थापनको मुद्दा अत्यन्तै पेचिलो रहेको छ। ८० प्रतिशत भन्दा बढी संख्यामा रहेको हिन्दु धर्मावलम्बी जनसंख्याले भगवानको रुपमा मान्ने गाई, गोरु, बाच्छा–बाच्छीलाई सडकमा छाडेर पैदल यात्रु देखि सवारी साधनको यात्रालाई असहज बनाइरहेको दुर्भाग्यपूर्ण अवस्था हाम्रो दिनचर्या भईसकेको छ।  उत्पादक हुँदा सम्म गोठमा पालेका गाई गोरुलाई उत्पादन दिन छाडेपछि मानवताको धर्म छाडेर पशुलाई सडकमा छाड्ने गरेकाले पशुहरु वेवारिसे भई सडकमा बस्ने,

स्थानीय निर्वाचन र धार्मिक शैक्षिक पुस्तकालय

- दामोदर पंगेनी स्थानीय सरकारको निर्वाचनको सरगर्मी दिन दुई गुना रात चौगुना बढीरहेको छ। गएको ५ वर्षमा जनप्रतिनिधिहरुले भौतिक, मानवीय, सामाजिक, सांस्कृतिक, वातावरणीय विकासको लागि संघ, प्रदेश तथा स्थानीय स्रोतबाट संकलन भएको रकमलाई मात्र परिचालन गरे की केही अघि बढेर सरकारी स्रोत बाहेक समुदाय, संघसंस्था संग साझेदारी गरेर विकासको लागि समन्वयात्मक भूमिका खेल्ने क्षमता देखाउन सके भन्ने विषय चुनावी छलफलमा उठ्ने गरेको छ। संविधानमै उल्लेख भएको सरकारी, निजी र सहकारी क्षेत्र बाहेक धार्मिक, सांस्कृतिक क्षेत्र संग समेत मिलेर विकासका लागि काम गर्ने अवसर नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई दिएको छ। यस ब्लग मार्फत नेपालका स्थानीय सरकारले शैक्षिक क्षेत्रको विकासका लागि धार्मिक क्षेत्रसंग मिलेर गर्न सकिने कार्यबारे छलफल अघि बढाउने प्रयास गरेको छु।  शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यालय क्षेत्र विकास योजना अनुसार सन् २०१९ मा कक्षा १० का अंग्रेजीका २२२१७, नेपालीका २२५५३, विज्ञानका २०६३७ र गणितका २२३६५ विद्यार्थीको सहभागितामा गरेको विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक